के नेपाललाई असफल राष्ट्र बनाउन गणतन्त्रको प्रयोग गरेको हो ?
भारत स्वतन्त्र भएपछि हिन्दुवादी संगठन अर्थात भारतीय जनता पार्टीले सरकारको नेतृत्व गर्दै आएको यो दोस्रो कार्यकाल हो। दुवै कार्यकालमा सरकारको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै आएका छन्। यसअघि लामो समयसम्म भारतमा सरकारको नेतृत्व कांग्रेसले गर्दै आएको थियो।
अंग्रेजको बहिर्गमन र भारतको स्वतन्त्रतापछि भारतीय जनताका असीमित आकांक्षा थिए। सनातन कालदेखि चलिआएको धर्म र संस्कृति ओझेलमा परेको थियो, जसको उत्थानको चाहनाको अपेक्षा राख्ने जनतालाई खुशी र सन्तुष्ट राख्नु, पौराणिक कालदेखिको इतिहासलाई जीवन्त राख्नु, तत्कालीन कांग्रेस सरकारलाई चुनौती थियो।
तापनि सरकार जनताको सोचाई भन्दा फरक ढंगबाट अगाडि बढ्न सुरू गर्यो। सरकार बृटिश ईस्ट इण्डीया कम्पनी कै कार्य शैलीको रूपमा प्रस्तुत भएको हुँदा कांग्रेस सरकारसँग जनता त्यति धेरै सन्तुष्ट थिएनन्। साथै छिमेकी मुलुकसँगको सम्बन्धमा पनि कटुता नै रहिरह्यो। भारत वर्षको इतिहासमा एउटा रोचक घटना छ जुन अनुकरणीय छ। चक्रवर्ती राजा भरत नहुस राजाका १९ औं पुस्ताका शक्तिशाली राजा हुन्। जो साहसिक थिए।
भरतको शासनकालमा सुशासनको प्रत्याभूति थियो। साशन संचालनको विधि र प्रक्रिया सत्य, निष्ठा र धर्ममा आधारित हुने हुँदा प्रजाजनको हितमा न्याय निसाफ र सुरक्षाको भरपर्दो व्यवस्थाले गर्दा जनतामा खुशीको संचार देखिन्थ्यो। अर्थात राष्ट्रको बृद्धि सँगसँगै प्रजाको खुशी र सन्तुष्टी पनि उत्कृष्ट थियो भन्ने उल्लेख गरेको पाइन्छ।
मोदी जस्तो धार्मिक व्यक्तित्वले सुगौली सन्धिले निर्धारण गरेको नाप नक्शाले समेत कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको भूमि भएको कुरा प्रमाणित गर्दा गर्दै कसरी भारतको भूमि भन्नु भयो? यो घोर पाप र अधर्म हैन? यस्तो अधर्म र असत्यको बाटो हिड्ँने मानिस पनि कँही राम भक्त हुन सक्छ?
यिनै भरत राजाको नामबाट भारतको नामाकरण भएको र भारत वर्षले प्रख्याती पाएको उदाहरण पाइन्छ। उक्त कथालाई आधारमान्दा राजा भरतका दश पुत्रहरू थिए। तर, राजा हुनु र राजाको छोरो हुनु फरक कुरा हुन्छ भन्दै राजा भरतले आफ्ना दशै भाइ छोराहरू ( आफूपछिको राजा हुन अयोग्य भएको ) युवराजको लागि योग्य नभएको कारणबाट राजदरबार भन्दा बाहिरको अर्थात् राजा भरतले सम्पूर्ण प्रजालाई नै आफ्नै परिवार ठानी भारद्वाज भूमन्युलाई आफ्नै पुत्र सम्झेर हस्तिनापुरको युवराज घोषणा गरेको र प्रजातन्त्रको नमुनाको निभ प्रस्तुत गरेको कुरा ऐतिहासिक तथ्यहरूले प्रमाणित गरेको पाइन्छ।
राजा भरतको यो साहसिक निर्णयले विश्वका राजतन्त्रात्मक वा प्रजातान्त्रिक मुलुकको लागि अनुपम उदाहरणको रूपमा बर्णित गरिन्छ। यस्तैगरी अर्को एक घटनामा ब्रह्म ऋषि र विश्वामित्र ऋषिको राजा हरिश्चन्द्रको सत्यवादी निष्ठा, आस्था र बचनको प्रतिबद्धतालाई लिएर मतमतान्तर भएको थियो।
जसको विश्वास दिलाउन सत्यवादी राजा हरिश्चन्द्रले कठोर र अमानवीय परीक्षा दिएर आफ्नो सत्य, धर्म र बचनबद्धलाई प्रमाणित गरेको उदाहरण पनि चित्रित गरिएको पाइन्छ।
पौराणिक कथालाई विश्वास गर्ने हो भने पटक–पटक असत्यको विरूद्ध सत्यको परीक्षा भएको र सत्यले बिजय हाँसिल गरेको भूमि अहिलेको भारत नै हो। चाहे त्यो त्रेतायुगको भगवान राम र रावणबीचमा भएको धार्मिक लड़ाईँ होस् या द्वापरयुगको माहाभारतको युद्ध वा सत्यवादी राजा हरिश्चन्द्रको परीक्षा होस।
यी सबै झगड़ा वा लडाईँको मुल कारण नै असत्यको विरूद्धमा थियो र सत्य कहिल्यै पराजित भएको उदाहरण छैन। यसै सन्दर्भमा नेपालको विषयमा सनातन कालदेखिको अवस्थाको विवेचना गर्दा नेपाल र भारतबीचमा संस्कृति, धार्मिक, भाषिक, सामाजिक, विवाह आदि व्यवहारले समानता देखिन्छ।
पौराणिक कालदेखि नै नेपाल देवभूमि, पितृ भूमि, ऋृषिभूमि, योग भूमिको पहिचान बोकेको स्वतन्त्र राष्ट्र नेपाल हो। यो भूमि कहिल्यै कसैको गुलाम, दास वा उपनिवेश भएको छैन। नेपाली पुर्खाले जोगाएको बिरासतलाई वर्तमान सरकारलेसमेत सुरक्षित राख्न सफल भएको छ। तर भौगोलिक दृष्टिकोणबाट वा जनसंख्याको आधारमा सानो ठूलो भएतापनि बिचार र धार्मिक दृष्टिकोणबाट नेपाल सम्पन्न छ।
महान भगवान गौतम् बुद्धको जन्मभूमि लुम्बिनी भएको कुराले नेपालीको सान र गौरव गाथा बढेकोमा विश्व परिचित छ। र, नेपालीहरू गौरवको अनुभूति गर्दछन्। सिद्धार्थ गौतमले राजपाठ त्यागेर भारतको भूमि गयामा घोर तपस्या गरी बुद्धत्व प्राप्त गर्नु भएको थियो।
तत्कालीन राज्यहरू मगध, बैशाली, कौसललगायतका दशौं राज्यका राजाहरूसमेत भगवान गौतम बुद्धको शिष्य बनेका थिए। र, चक्रवर्ती राजा अशोकले त भगवान बुद्धका पन्चशीलको बिचारलाई आत्मसात गर्दै अहिंसात्मक आन्दोलनमा सरिकमात्र हुनु भएन, बुद्धको जन्मस्थान लुम्बिनीमा अशोक स्तम्भको स्थापनासमेत गर्नु भएको थियो। जो यद्यपि सुरक्षित छ।
नेपाल र भारतको बिषयमा पौराणिक कालदेखि नै मैत्रीपूर्ण, सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध स्थापित भएको पाइन्छ। भगवान राम र माता जानकी सीताको विवाह बन्धनलेसमेत दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण एवं सुमधुर तथा घनिष्ठ रहेको पुष्टी हुन्छ। अयोध्याबाट भगवान रामको बरियाती माता जानकी धाम जनकपुर आउने प्रचलन यद्यपि कायमै रहेको हुँदा यहाँ एउटा गम्भीर प्रश्न खडा हुन्छ।
अनादिकाल देखिनै नेपाल र भारत सामाजिक, धार्मिक दृष्टिकोणबाटसमेत नजिक रहेका र सत्यमा आधारित दुवै मुलुक, शान्तिवादी, अहिंसक, वैदिक सनातन धर्ममा आस्था र विश्वास राख्ने दुई मुलुकबीचमा यदाकदा देखिने तिक्तता, अविश्वास र असमझदारी किन देखा पर्दछ? आज यही बिषय भित्र निसास्सिएर रहेका समस्या भित्रको समस्या कोट्याउँने प्रयास गर्नेछु।
हिन्दुहरूले धर्मलाई सत्य, निष्ठा, अनुसाशन, सतकर्म र संस्कारको रूपमा बुझ्छन् र पालना गर्छन्। धर्म (सर्वजन हिताय, सर्बजन सुखाय) को मुलमन्त्र पनि हो। वैदिक सनातन धर्मावलम्बीको लागि धर्म धार्मिक अलंकार पनि हो। पौराणिक कालको संविधान, कानुन, आचारसंहिता वा साशन पद्धतिको विधिको स्रोत नै धर्मलाई मानिन्थ्यो।
यसर्थ यी सबै पद्धतिमा समानता हुँदाहुँदै पनि भारतको तत्कालीन कांग्रेस सरकारको नेपाललाई हेर्ने दृष्टिकोण र व्यवहारको कारणबाट नेपालसँगको सम्बन्ध सुमधुर हुन सकेन। धार्मिक, सामाजिक र राजनीतिक सम्बन्धमा सरकारसँग केही असहजता वा मतमतान्तर देखिएपनि जनस्तरको सम्बन्ध भने प्रतिकुल रहेन।
छिमेकी देश भारत ठूलो र प्रजातान्त्रिक भएको हुँदा नेपालले सहयोगको अपेक्षा राख्नु स्वभाविक थियो। तर भारत सरकार कहिल्यै सकरात्मक बन्न सकेन। नेपाल र भारतको खुल्ला सीमा भएको कारणबाट भारतीय पक्षबाट नेपालको सीमाना अतिक्रमण र हेपाह प्रवृत्ति हुनु नै दुई देशबीचको सम्बन्धको तिक्तताका कारण हुन्। तत्कालीन कांग्रेस आईको सरकार हुँदा विवादमा रहेको कालापानी र सुस्ता यद्यपि चरम विवादको विषय बनेको छ।
कांग्रेस आईको सरकार पश्चात वर्तमान मोदी सरकारको आगमनले नेपाली जनतामा अपार हौसला र उत्साह आएको थियो। किनकि मोदी धर्म र संस्कृतिका प्रखर वक्ता मात्र नभइ एक त्यागी न्यायप्रेमी कुशल प्रशासक, धार्मिक आस्थाका प्रतिक र आफ्ना छिमेकीसँग शान्ति, मैत्रीपूर्ण, समभावको आधारमा सबैसँग सम्मानजनक सम्बन्ध स्थापित गर्न आतुर रहेका र भारतीय भूमिबाट कसैमाथि अब अन्याय हुने छैन भन्ने महान सोच बोकेर नेपाल आएका होलान भन्ने धेरै नेपालीको अपेक्षा पनि थियो।
तथापि प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आउँदा यति ठूलो सम्मान नेपाली जनतावाट प्राप्त होला भन्ने कुराको हेक्का सायद प्रधानमन्त्री मोदीलाई पनि थिएन होला। त्यति ठूलो स्वागत र सम्मान सायद कसैलाई हुन्छ होला्, त्यो भयो।
नेपालका जनता साँचो सत्य र धर्ममा विश्वास गर्छन्। भगवान रामलाई झूठ र अधर्मको साक्षी न राखौं। किनभने भगवान राम हिन्दुहरूका साझा आस्थाका धरोहर हुनुहुन्छ। हामी सवै हिन्दुको यसैमा कल्याण हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आसय हो। यसलाई अन्यथा अर्थ लगाउनु वा बिषयलाई अतिरन्जित बनाउन खोज्नु कदापी उचित हुन्न।
यसका पछाडि हिन्दु नेता भारत सरकारको सरकार प्रमुख भएको हुँदा अब विभिन्न कालखण्डमा अन्यायमा परेको नेपालले न्याय पाउने छन्, १९५० को असमान सन्धि खारेजको प्रक्रियामा जानेछ, सीमा अतिक्रमण बन्द हुनेछ, नेपालको कालापानी र सुस्ता भूभाग नेपाललाई फिर्ता गरिने छ, १२ बुँदे सम्झौता र माहाकाली सन्धिको पुनरावलोकन गरिने छ, नेपाललाई अस्थिरता बनाउने बिबुषण भर्ती केन्द्र बन्द गरिने छ, राजदरबार र मदन भण्डारीको हत्या काण्डको छानवीनमा सहयोग पुर्याउने प्रतिबद्धता आउला भन्ने नेपाली जनताको अपेक्षा थियो।
किनकि भारत नै त्यो भूमि हो जसले असत्य र अधर्मको विनास गरी सत्य र धर्मले विजय प्राप्त गरेको, चाहे त्रेता युगमा पुरुषोत्तम राम र रावणको युद्ध होस वा माहाभारतको लडाईँ। यो सत्य र धर्मलाई स्थापित गर्ने उद्देश्यबाट भएको सफल धार्मिक लड़ाईं थियो।
त्यसैगरी भारतीय भूमिमा हुर्काई बढ़ाई, पालन पोषण गरी प्रशिक्षित बनाइएका माओवादी समेतको आठ दलको उपस्थितिमा भएको १२ बुँदे सम्झौताले रचना गरेको गणतन्त्र नेपालको हितमा नभएर नेपाललाई असफल राष्ट्र बनाउने, नेपालको राजसस्था र हिन्दु राष्ट्रलाई किनारा लगाउने, विवादस्पद नागरिक ऐन कार्यान्वायन गर्ने र नेपालको राजनीतिक निर्णयमा नयाँ दिल्लीलाई स्थापित गर्ने, नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने, नेपालको संविधान आफू अनुकुल नहुँदा आर्थिक नाकाबन्दी लगाएर जनतालाई दुख दिने, राष्ट्र ,राष्ट्रियता र राष्ट्रिय अखण्डता कमजोर गर्ने कुनैपनि शक्तिसँग दृढताकासाथ सामना गर्छ भन्ने प्रधानमन्त्रीको विकल्प खोज्न चलखेल गर्ने जस्ता अदृश्य उद्देश्य बोकेर प्रवेश गरेको गणतन्त्र नेपाली जनताको चाहना थिएन।
त्यसर्थ नेपाली जनताको चाहना र भावना अनुकुल संचालन गर्ने वा यसको विकल्प खोज्ने नेपाली जनताले नै निर्णय गर्ने हो। यसमा भारतको कुनै हस्तक्षेप वा भूमिका हुने छैन अब धर्म र सत्यका आधारमा सम्बन्ध स्थापित गरिनेछ भन्ने प्रतिबद्धता भारतीय प्रधानमन्त्रीसँग नेपाली जनताले अपेक्षा राखेका थिए।
यद्यपि नेपाली जनता निरास भएका छैनन् भारतको सकरात्मक उत्तरको पर्खाइमा छन्। प्रधानमन्त्री नरेन्द्र मोदी धर्म र संस्कृतिप्रति निसष्ठावान छन्। उनी जस्तो सवल र सक्षम परिपक्क राजनीति व्यक्तित्वबाट नेपाल जस्तो घनिष्ठ छिमेकी, सानो देशप्रति अन्याय, थिचोमिचो गर्नु ,दुख दिनु, सीमा अतिक्रमण गर्नु उनको धर्म र प्रतिष्ठाले पनि दिँदैन र विश्वको नजरमा पनि राम्रो देखिन्न।
त्यसकारण यसमा चर्चा गरिएका दुई देशबीचका समस्यालाई कुटनीति प्रयासबाट समाधान निकाल्नुको बिकल्प छैन र चाँडो भन्दा चाँडो समाधान गर्नुपर्छ। किनभने नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो। सबै मुलुकले आ–आफ्नो क्षेत्र र सीमा भित्र बस्नु पर्दछ र हरेक मुलुक आफ्नो देशको विकास गर्न र रक्षा गर्न स्वतन्त्र हुन्छन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नयाँ दिल्लीलाई संकेत गर्दै केही प्रश्न उठाउनु भएको छ। भानुजयन्तीको अवसरमा रामायणको चर्चा गर्दा भगवान पुरूषोतम राम पर्साको ठोरीमा त जन्मनु भएको हैन? भन्ने जिज्ञासा राख्नु भएको थियो। किनभने राम त सदासर्वदा सत्यको पक्षमा हुनुहुन्थ्यो ।
रावणले सीताजीलाई हरण गरेर अधर्म र असत्यको बाटो रोजेको कारणवाट रावणको बिनास भयो। माहाभारतको युद्धमा दुर्योधनको अहंकारमा कौरवहरूको नास भए जस्तै विशाल भारतीय हिन्दुहरूको पार्टीको पहिचान बोकेका प्रधानमन्त्री नरेन्द्र मोदी जस्तो धार्मिक व्यक्तित्वले सुगौली सन्धिले निर्धारण गरेको नाप नक्शाले समेत कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको भूमि भएको कुरा प्रमाणित गर्दा गर्दै कसरी भारतको भूमि भन्नु भयो? यो घोर पाप र अधर्म हैन? यस्तो अधर्म र असत्यको बाटो हिड्ँने मानिस पनि कँही राम भक्त हुन सक्छ?
के भारतीय हिन्दुहरू यस्तो झूट र असत्य कुरामा विश्वास गर्छन्? यदि त्यसो हो भने नेपालको ठोरीको अयोध्यामा रामको जन्म भूमि हुनपर्छ। किनभने नेपालका जनता साँचो सत्य र धर्ममा विश्वास गर्छन्। भगवान रामलाई झूठ र अधर्मको साक्षी न राखौं।
किनभने भगवान राम हिन्दुहरूका साझा आस्थाका धरोहर हुनुहुन्छ। हामी सवै हिन्दुको यसैमा कल्याण हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आसय हो। यसलाई अन्यथा अर्थ लगाउनु वा बिषयलाई अतिरन्जित बनाउन खोज्नु कदापी उचित हुन्न। अस्तु!
Facebook Comment