प्रधानमन्त्री ओलीको बधाई सन्देशमा जवाफ दिँदै राजापाक्षेले भनेः नेपालसँग सम्बन्ध अझ विस्तार गर्न चाहन्छु
काठमाडौं। दक्षिण एशियाली मुलुक श्रीलंकामा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले दुई तिहाईसहित विजय प्राप्त गरेकोम प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई सन्देश पठाएका छन्।
ओलीले सुनामी जित हातपारेको भन्दै राजापाक्षेलाई बधाधई दिएका छन्। कोरोना कालमा आम निर्वाचन गराउने श्रीलंका पहिलो दक्षिण एशियाली मुलुक हो।
I called Prime Minister Mahinda Rajapaksa of Sri Lanka today to congratulate him on behalf of the government and people of Nepal as well as on my own and the NCP, on the landslide electoral victory of SLPP and conveyed best wishes for his successful tenure of office.
— K P Sharma Oli (@kpsharmaoli) August 7, 2020
चुनावमा राजापाक्षे दाजुभाईको पार्टीले २१४ सिटमध्ये १४५ सिटमा जित हात पारेको छ भने उनीहरुको सहयोगी दलले पनि पाँच स्थानमा जित हात पारेका छन्।
हाल श्रीलंकामा महिन्दाका भाई गोटवाय राजापाक्षे राष्ट्रपति छन्। उनले राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना दाई महिन्दालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। २६ वर्षसम्म चलेको तामिल गृह युद्ध अन्त्य गर्न राजापाक्षे दाजु भाईले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रधानमन्त्री ओलीले शुक्रबार बधाई सन्देश पठाउँदै महिन्दालाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए।
Thank you to @PM_Nepal KP Sharma Oli for your call, warm wishes and the invitation to visit Nepal. Sri Lanka values its friendly relations with your country & will always stand by the people of Nepal in times of need. I look forward to further enhancing our cooperation.
— Mahinda Rajapaksa (@PresRajapaksa) August 7, 2020
प्रधानमन्त्री ओलीको बधाई सन्देशको जवाफ दिँदै महिन्दाले आफ्नो कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप बलियो र सुमधुर हुने विश्वास व्यक्त गरेका छन्। ट्वीटरमा उनले जवाफ दिएका छन्। उनले नेपाल भ्रमणको निम्तोसमेत प्राप्त भएको भन्दै उपयुक्त सयममा नेपाल भ्रमण गर्नेसमेत बताएका छन्।
राजापाक्षे राष्ट्रपति भएको बेला पनि नेपाल भ्रमण गरेका थिए। उनी त्यसबेला लुम्बिनीसमेत पुगेका थिए।
Facebook Comment