सञ्चार माध्यमले गिजोलेको तराई/मधेश

डिसी नेपाल
२५ साउन २०७७ ७:२७

दक्षिण भारतका मानिसले आफ्नो नामका पछाडि वावु, वाजेको नाम जोडेर लेख्ने चलन छ। त्यो निरन्तर चलि आएको चलन हो। वर्तमानमा आएर त्यसमा केही परिवर्तन हुन थाले पनि हराएर भने गएको छैन। हाम्रा तराई भेगमा बस्ने मधेशी पार्टीहरु वा समुदायले पनि त्यही सिको गरेर हो वा अन्य कारणले हो तराइमा मधेश जोडन थालेका छन्, तराईलाई मधेश मात्र पनि भन्न थालेका छन्।

के वुझेर हो वा पुरख्र्यााैली मध्यदेशलाई बिर्सन नसकेर वा मधेश प्यारो लाग्न थालेर भनेका हुन कि? त्यस्तै हिसावले मध्य देशबाट बिहेवारी भएर आउनेहरुका हकमा पनि त्यहीखाले व्यवहार होस भन्ने चाहेका छन्। भर्खरै प्रस्तावित नागरिकता संशोधन विधेयकमा पारिबाट (तेस्रो मुलुक) विहे गरेल ल्याएकोसात वर्ष पछि नागरिकता पाउने प्रावधानले मधेशी पार्टी रन्थनिएका छन्।

विरोधका स्वर बाहिर आएका छन्। विरोध हुनु स्वभाविक भएपनि देश ठप्प पार्ने, दानापानी बन्द गरिदिने आदि अभद्र नारा लगाएर कसको पक्षपोषण गरी आएको र कस्तो मित्यारी गाँस्न खोजेको हो? बुझन गाह्रो छैन। नागरिकता प्रवधानवारे दक्षिण एशियाका देशमा भएको व्यवस्था अनुसार बंगलादेशमा कम्तीमा दुई वर्ष र माल्दिभ्समा १५ वर्ष र मुस्लीम हुनु पर्ने प्रवधान रहेको छ।

नेपालको २०६३ को नागरिकता विधेयकमा त्यो प्रावधान नरहेकाले, मधेशी पार्टीले हिजो नभएको कुरा आज किन लागू गर्न पर्यो? भन्ने कुरामा जोडदिँदै आएका छन्। तिनतिरवाट घेरएिको १८०० किमि भन्दा बढी खुल्ला सीमाका कारण हिजोका देशीहरु आज सबै मधेशी भएका उदाहरण छन्।

भारतमा सात वर्ष बसोबास गरेको व्यक्तिले नागरिकताका लागि आवेदन गर्न सक्नेछ। नेपालको २०६३ को नागरिकता विधेयकमा त्यो प्रावधान नरहेकाले, मधेशी पार्टीले हिजो नभएको कुरा आज किन लागू गर्न पर्यो? भन्ने कुरामा जोडदिँदै आएका छन्। तिनतिरवाट घेरएिको १८०० किमि भन्दा बढी खुल्ला सीमाका कारण हिजोका देशीहरु आज सबै मधेशी भएका उदाहरण छन्।

दक्षिण एशियाका सबै देशमा भएको प्रावधानको उदाहरण नेपालले पनि लागू गर्न खोज्नु अर्घेल्याइँ होइन। सानो देश, कम जनसंख्या, र शान्त देशमा तिनतीरको खुल्ला सीमावाट वाढी पिडीत, बेरोजगार, व्यापार,व्यवसायका लागि आउने बाटो सधै खुला रहनु कुनै हिसावले पनि न्यायोचित होइन।

यो कुरालाई प्रदेशका सांसदले पनि प्रदेश सभामा कुरा उठाउन थालेका छन्। प्रदेश दुईका सांसद मन्जु यादवले हामी वंशजका नागरिकले सरकारी सेवा, सुविधा र अधिकार १६ वर्ष कटेपछि मात्र पाउने तर पारिबाट हिजो विवाह गरेर आज आएकाले चाहीँ तुरुन्त पाउने?

यस्तो असमान व्यवस्था हटाउन आउन लागेको प्रस्तावित विधेयक हामीले विरोध गर्नुको औचित्य छैन भन्ने कुरामा जोड दिएकी छिन्। साथै स्वतन्त्र मधेशी त्रकार डा. राजेश अहिराजले पनि मधेशी पार्टीले जातीय पक्षपोषणका कुरा गर्नु भन्दा समावेशीकुरा गर्नु राष्ट्रिय हितमा हुन्छ, भन्ने भनाइ राख्दै आएका छन्।

अब तराइबारेको चर्चा गरौं। नेपालको चुरे श्रृखंलाको फेदीदेखि तल सम्मपरेको मेचीदेखि महाकालीसम्म धोती जस्तो एकसरो फैलिएर रहेको समतल भाग तराई हो। मधेश कहलाउने खालको भूगोल होइन। मधेश भनेको संस्कृत भाषाको मध्यदेशको संक्षीप्त रुप हो। त्यसो हो भने शब्द अर्थको सारलाई विरुप बनाएर किन तराईलाई मधेश भन्नु पर्यो?

व्रिटेनवाट प्रकाशित Dictionary of geography मा हिमालयको फेदीसित गाँसीएको लामो, संर्कीण, दलदल, जंगल र घाँसपातले ढाकिएको जुन उत्तरप्रदेश र नेपालमा छ, त्यो terai भनि उल्लेख छ। भारतका डा. वी.एन. तिवारी र महेन्द्र चर्तुवेदीको सन १९७५ मा प्रकाशित हिन्दी– अंग्रेजी शब्दकोष अनुसार मध्यदेश भन्नाले विन्ध्यान्चल, कुरुक्षेत्र र अलाहावादको बीचमा पर्ने मध्यक्षेत्रको प्रचीन नाम।

अठारौं शताब्दीमा गोर्खाली साम्राज्य पूर्वमा भुटानदेखि पश्चिममा काँगडासम्म फैलिएको बेला अँंगे्रजले लेखापढी गरेको कागजपत्रहरुमा तरीयानी भनिएको, घना जंगलले ढाकिएको पूर्वी तराईको चितवन, बारा, पर्सा, महोत्तरी, सप्तरी, लगायत जिल्लाहरुको नाम उल्लेख भएको पाइन्छ।

An ancent of the kIngdom of Nepal  को सन १९७१ को प्रकाशन अनुसार जलवायुका आधारमा तरीयानी अर्थात तराईको उर्वर भाग भनि उल्लेख गरिएको छ। केन्द्रीय तथ्यांक विभागको जनसंख्या विवरण सारीणी नं. ४ मा देशको जनसंख्या विक्रम सम्वत १९६८, १९७७, १९८७ र २००९.११ को प्रदेश, जिल्ला अनुसार पूर्वी तराई भनि बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, हनुमाननगर, विराटनगर, झापासम्म, मध्यपश्चिम तराईमा पाल्ही, माझखण्ड, खजहनी, शिवराज (हालको परासी देखी दांगसम्म ) र सुदूर पश्चिम तराईमा बाँके देखि कन्चनपुरसम्मको भूभागको जनसंख्या विवरण उल्लेख छ।

अत नेपालको पुछारको भाग, सम्म परेको जमीन, कतैवाट पनि बीचमा नभएको, अठाराैं शताब्दीदेखि विभिन्न ग्रन्थ तथा आदान प्रदान भएका कागजपत्रहरुमा तराई लेखिँदै आएको, बोली आएको र वि.सं. १९६८ सालको जनगणना देखि नै तराई भनिउल्लेख भएको भाग कसरी मधेश हुन गयो वा कहलिन पुग्यो? नेपालको हिमाल, पहाड र तराई भूभागमा बस्ने, परिचयको हिसावले हिमाली, पहाडी, तराइली वा तराईवासी कहलाउनु उपयुक्त हुन्छ, पहाडी, मधेशीको रडको लगाइरहनु पर्दैन।

२०६३ सालको मधेशी आन्दोलन पछि मात्र मधेशको कुरो आउन थालेको हो। हिजो हाम्रा वाउ वाजेहरु पढ्न तथा रोजगारीका लागि बनारस, आसाम तथा अन्य भारतीय क्षेत्रमा जाँदा मधेश गएको भन्दथे ।

हिजोको अवस्थामा तराइको धेरैजसो भाग अनकंन्टार जंगला मुलुक, बाघ, भालु र विषालु सर्प लाग्ने हुदा पहाडबाट झर्नेहरु रात चुरेको फेदीमा बिताइ विहान सखारै मध्यदेश लाग्ने चलन थियो।

राणाकालमा आफनो शासनसत्ता जोगाउन तराइका जंगल भारतीय रेल्वे पटरीका लागि पारिका मानिस ल्याइ कटानी गर्ने र खेतीपाती पनि तिनै पारिबाट आएका देशीहरुवाट गर्दै, बस्दै आएको अवस्था हो।

तसर्थ तराईलाई मधेश भन्नु अवुझता, शब्द अर्थमा ध्यान नदिँदा, सम्प्रदाय हिसावले कुरा राख्नेहरु र मिडियामा पनि बहकिएर बेलाबेलामा मधेशको चर्चा हुने गर्छ। समावेशी र समाजवादी संविधानको निर्माण र व्यवहार भैरहेको सन्दर्भमा सम्प्रदाय शब्दको व्यवहार हुनु निको होइन।

मधेश हिन्दी–अंग्रजी शब्दकोषमा उल्लेख भए अनुसारका ठाउँवाट आएकाहरुलाई प्रियलाग्ने होला, तर तराईमा रहेका आदीवासी थारु, जनजाति, पहाडवाट झरेकाहरु र तराइका पुरातन मधेशीहरु आदि सबैलाई मान्य हुने नाम तराई राख्दा नै राम्रो हुन्छ, अमिल्दो र पराई लाग्ने शब्द राखी रहनु जरुरी छैन।

वि. सं. २०६८ को जनगणना अनुसार तराईमा मधेशीहरु ४०%, रहेका छन र आफनै देशका पहाडवाट झरेकाहरु ३६%, आदिवासी थारु र जनजातिहरु १५%, मुसलमानहरु ९% छन । आदिवासी थारु तथा मुसलमानले हामी मधेशी होइनाैं, हाम्रो छुट्टै पहिचान छ भनि आन्दोलन गरेको उदाहरण छँदैछ। यी आँकडालाई आधार मान्ने हो भने ६०% जनसंख्यालाई बाहेक गरेर, गर्ने जोरजवरजस्त अर्थात मधेश थोपार्न खोज्नु कुनै हिसावले पनि न्यायौचित र ठीक होइन।

अधिकांशले आफनै समूहका जमातको प्रतिनिधित्व हुने गरी खोलिएका जातीय मधेशीदलले २०६३ को आन्दोलन पछि राष्ट्रियस्तरको पार्टी बनाउने क्रममा माथिका भूगोलका समुदायसँग तादम्यता गरी हालसालै समावेशी पार्टीको नामाकरण गरेका छन्।

अत: यो समतल भुभाग, कतैवाट नघेरिएको, सम्म परेको, वीचको अवस्थितिमा नरहेको, देशको पुछारको भूभाग तराई हो। यहाँका बासिन्दा तराईवासी वा तराइलीभन्दा, हुँदा, मान्दा सबै हिसावले, सबैका लागि उपयुक्त र सहज र मान्य हुन्छ।

अत हुँदै नभएको मधेशलाई मिडियाले किन मधेश, मधेशवादी दल र मधेश केन्द्रीत दल भनि चर्चामा ल्याउने गर्छ। १८ औं शताब्दीदेखि लेखिँदै आएको, समावेशी शब्द तराई सबैखाले जातीय, भाषीक समुदायलाई पाच्यहुने र लगभग सबै जातजातिको मान्यता पाएको अवस्थामा सबै समुदायका लागियो वोधगम्य पनि छ।

मिडियाले हुँदै नभएको मधेशको प्रयोगको आधार कमजोर र ग्राह्य नहुँदा मधेश शब्दको साटो तराई शब्दको प्रयोग नै सहज मानिने हुन्छ। साथै क्षेत्र र भुगोलको संयोजन नभएको मधेशी दललाई किन मधेशवादी र मधेश केन्द्रीत दल भन्नु पर्यो र लेख्नु पर्यो? हिजोको समयमा तराईमा जातीय हिसावले खोलिएका मधेशी फोरम, तराइ–मधेश पार्टीले अहिले आएर समावेशी हिसावले पार्टीको नाम राखी भुल सुधार गरेका छन्।

अधिकांशले आफनै समूहका जमातको प्रतिनिधित्व हुने गरी खोलिएका जातीय मधेशीदलले २०६३ को आन्दोलन पछि राष्ट्रियस्तरको पार्टी बनाउने क्रममा माथिका भूगोलका समुदायसँग तादम्यता गरी हालसालै समावेशी पार्टीको नामाकरण गरेका छन्।

अतः तादाम्य नभएको र शब्द अर्थको हिसावले पनि नमिलेको अवस्थामा मधेश शब्दको प्रयोग हुनु उचित होइन। तराई शब्दको प्रयोग नै समुचित र ग्राह्य हुन्छ। मिडियाले पनि अध्ययन, अनुसन्धान र शब्द अर्थको आधारलाई केलाउनु पर्ने हुन्छ। त्यसो हुँदामात्र लाखौं पाठकले सही कुरा पाउन सक्छन्।

अन्यथा तराईमा रहेका अन्य समुदायले आफू अनुकुलको वा क्षेत्र र भुगोल अनुकुलको नाम राख्ने चाहगर्दा, कस्तो अवस्थाहुने हो? मनन् गर्नु पर्ने हुन्छ। साथै क्षेत्र, भुगोल सामाजिक अनेकताको हिसावले पनि ठाउँ र क्षेत्रको नाममिल्ने र सर्वग्राह्य हुनुपर्छ।

अत मिडियाले अध्ययन र शब्द अर्थको आधार केलाई लेख्ने ,भन्ने, छाप्ने,वितरण र प्रसारणमा जाने हो भने पाठकले सही कुराको मापन गर्ने र अर्थ बोध गर्ने आधार तयार हुन्छ। यसतर्फ मिडियाकर्मी गम्भीर हुन जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *