नेपालले भन्योः गौतम बुद्धको जन्मस्थान नेपाल नै हो, यसमा विवाद गर्नु आवश्यक छैन
काठमाडौं। भारतीय विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भनेपछि नेपालले त्यसको तिखो प्रतिक्रिया जनाएको छ। आइतबार परराष्ट्र मन्त्रालयले एक स्टेटमेन्ट जारी गर्दै बुद्धको जन्मस्थान नेपालको लुम्बिनी भएकोमा कुनै विवाद नरहेको भन्दै यसमा विवाद गर्नु आवश्यक नरहेको बताएको छ।
मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपाल हो भन्ने कुरा ऐतिहासिक र पुरातात्विक प्रमाणहरुले पुष्टि गरिसकेको छ। राष्ट्र संघीय एजेन्सी यूनेस्कोले पनि लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखिसकेको छ। यसमा विवाद गर्नुको कुनै आवश्यकता छैन।’
परराष्ट्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ मा नेपाल भ्रमणका क्रममा नेपालको व्यवस्थापिका संसदमा सम्बोधन गर्दै बुद्ध नेपालमै जन्मेको भनेको स्मरणसमेत गराइएको छ।
Facebook Comment