कोरोना महामारीः यात्रा प्रतिबन्धपछि कहाँ गए विमान ?

डिसी नेपाल
२५ साउन २०७७ २१:०२

नयाँ दिल्ली (बीबीसी)। कोभिड–१९ का कारण वायु सेवाको माग छैन जस्तै बनेको छ। यस्तो अवस्थामा कमर्शियल एअरलाइन्सले आफ्ना विमानलाई संसारका केही सबैभन्दा टाढाका स्थानमा पार्किंग गरिदिएका छन्।

गएको महिना अस्ट्रेलिषको कान्टस एअर लाइन्सले आफ्ना अन्तिम बोइङ्ग ७४७ लाई अलविदा गरिदियो। यस विमानले सिडनीदेखि क्यालिफोर्नियाँको मोजावे डेजर्टका लागि आफ्नो अन्तिम उडान गर्यो। यो विमानलाई रिटायर गरिएको छ।

२०२३ सम्म पार्किंग हुनेछन् ए–३८०

रिपोर्टका अनुसार यो फ्लीटले करिब आधा शताब्दीदेखि आफ्नो सेवामा २५ करोडभन्दा धेरै मानिसहरुलाई आफ्नो सेवा दिइसकेको छ। यसमा उडान गर्नेमा बेलायती महारानी एलिजावेथ द्वीतीय र १९८४ पछिका हरेक अस्ट्रेलियाली ओलम्पिक टीम छन्।

कांटस एअरलाइन्सले ए–३८० सुपर जम्बोको आफ्नो फ््लीटलाई मोजावे डेजर्टको एक ईकाइमा कम्तिमा २०२३ सम्म राख्नेछ। कांटसले यी विमानलाई ६ महिनामा रिटायर गर्ने योजना बनाए पनि कोरोनाका कारण संसारभर अन्तर्राष्ट्रिय यात्रा समाप्त भएपछि यो काम छिटै गर्नुपरेको बताएको छ।

कहाँ पार्क भइरहेका छन् यी विमान

यस महामारीले ठूलो मात्रामा कमर्शियल एअरलाइन्सलाई संसारमा रहेका केही चुनिएका ठूला स्टोरेज इकाइहरुमा पार्क गर्नका लागि बाध्य बनाइदिएको छ। यी मध्ये केही त निकै दूर–दराजका र मरुभूमि भएका क्षेत्र छन्।

यी स्थानहरुलाई एअरलाइन्स ‘बोनयार्ड्स’ वा रिटायरमेन्ट इकाई भनिन्छ। यहाँ लामो समयका लागि विमान पार्क गरिन्छ। वा स्टोर गरिन्छ। पछि यी विमानलाई सेवामा फिर्ता ल्याइन्छ वा पार्ट पार्ट गरेर बेचिन्छ।

कमर्शियल एअरलाइन्सका लागि एअरपोर्टभन्दा कुनै स्टोरेज सुविधामा आफ्ना विमान पार्क गर्न सस्तो पर्छ।

यी स्थानमा विमान लामो सयमसम्म पार्क गर्न सकिन्छ। विषेशज्ञका अनुसार लामे समयसम्म स्टोरेजका लागि एअरलायन्सले यी इकाइमा विमान मेन्टेन गर्नका लागि करिब ५ हजार डलर प्रति महिना खर्च गर्नुपर्छ।

फ्लाइट ट्र्याकिंग वेबसाइट फ्लाइटराडार२४ का इयान पेटचेनिकले भने, ‘केही विमान लामो समयका लागि स्टोर गरिन्छ र त्यसपछि ती विमानलाई कुनै कम्पनीले भाडामा लिन्छन्। केही विमानलाई स्टोर गरिन्छ र पार्ट्सका लागि यिनीहरुको उपयोग हुन्छ। केहीलाई स्क्र्यापमा बेचिन्छ।’

निजीरुपमा सञ्चालन गरिएका यस किसिमका चर्चित स्टोरेज सुविधा अमेरिका, स्पेन र अस्ट्रेलियका ठूला खाली मैदानमा छन्। उदाहरणका रुपमा सेन्ट्रल अस्ट्रेलियाको एलिस स्प्रिंग्स र पूर्वी क्यालिफोर्नियाको मोजावे यसरी पार्किंग गर्नका लागि सबैभन्दा मनपर्ने स्थान हुन्। अन्य स्टोरेज लोकेशनमा एरिजोनाको मराना र न्यू मेक्सिकोको रोसवेल हुन्।

पेटचेनिक भन्छन्, ‘मरुभूमि दुई किसिमले महत्वपूर्ण हुन्छ। एक त यसमा एक खुला समतल जमीन हुन्छ। अर्को यहाँ वातावरण पनि यस्तो हुन्छ कि मेटल पार्ट्समा खिया लाग्ने गति कम हुन्छ।’ आद्रताका कारण यहाँ विमान लामो समयसम्म राख्न सकिन्छ।

अमेरिकी लेखक तथा न्यू योर्क टाइम्सका पूर्व स्तम्भकार जो शार्की एरिजोनाको मरानास्थित यस्तै एक इकाइको स्मरण गर्छन्। यहाँ पहिला एक सीआईए एअरवेस थियो, जसलाई पछि कमर्शियल एअरपार्कमा परिवर्तन गरियो। शार्की भन्छन्, ‘यहाँ टाढासम्म कमर्शियल एअरलाइन्सका विमानहरुको चम्किलो पुच्छर देखिन्थ्यो। सबै विमानका झ्याल र इनजन बन्द थिए।’

ब्रिटिश एअरवेज ३१ बोइंग ७४७ लाई रिटायर गर्दै

एभिएशन जानकारहरुले महामारीका कारण धेरै विमानहरु पार्किंग इकाइहरुमा आएको बताएका छन्। हालैको इतिहासमा यी इकाइहरुको यतिमा माग कहिल्यै पनि भएन। लामो सयमसम्म नचलेका विमानलाई समयभन्दा पहिला नै रिटायर गर्नुपरेको छ। गएको हप्ता नै जम्बो जेटको सबैभन्दा ठूलो अपरेटर ब्रिटिश एअरवेजले आफ्ना सबै ३१ बोइंग ७४७ लाई २०२४ भन्दा पहिला नै रिटायर गर्ने घोषणा गर्यो। यो उसको कुल फ्लीटको १० प्रतिशत हो।

अप्रिलमा १४ हजारभन्दा धेरै यात्रु विमान जमीनमा होल्ड रहे। यो ग्लोवल फ्लीटको करिब दुईतिहाई हिस्सा हो। जबकी यसै वर्षको शुरुमा यो संख्या १ हजार ९ सय थियो। लण्डनस्थित एभिएशन डेटा र एनालिटिक्स कम्पनी सीरियमको तथ्यांक्ले यो कुरा थाहा हुन्छ।

७५ लाख उडान रद्द भए

इन्टरनेशनल एअर ट्रान्सपोर्ट एसोसिएशन (आईएटीए)का अनुसार जनवरीदेखि जुलाईसम्म करिब ७५ लाख उडान रद्द गरिए। यो वर्ष हवाई उद्योगले ८४ अरब डलरको नोक्सानी बेहोर्नु परेको छ। सीरियमका कन्सल्टेन्सी हेड राब मोरिसका अनुसार पहिलो पटक यति धेरै कमर्शिएल विमान जमीनमा पार्किंग गर्नुपरेको हो। यात्रा प्रतिबन्धका कारण पूरा ग्लोवल यात्रा नेटवर्क ठप्प भएको छ। (बीबीसीबाट अनुवाद)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *