अंगरक्षकमा सङ्क्रमण पुष्टिपछि नेकपा महासचिव पौडेल आइसोलेनमा
![अंगरक्षकमा सङ्क्रमण पुष्टिपछि नेकपा महासचिव पौडेल आइसोलेनमा](https://www.dcnepal.com/wp-content/uploads/2020/08/Bishnu-Paudel_wiGXaq4epc_EEAYh6hkRb.jpg)
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
महासचिव पौडेलका सबै परिवारलगायतका स्वाब परीक्षण गर्दा अंगरक्षकको मात्र कोरोना पोजिटिभ देखिएको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए।
शुक्रबार गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको पाण्डेले जानकारी दिए। कोरोना पोजिटिभ देखिएलगत्तै आइतबार ३ बजे प्रहरी अस्पतालमा अंगरक्षकलाई भर्ना गरिएको छ।
महासचिव पौडेल आइतबारदेखि आफ्नै निवासमा एकान्तवासमा रही भेटघाट बन्द गरेकाे उनका स्वकीय सचिव पाण्डेले जानकारी दिए। गाेराखपत्र दैनिक
प्रतिक्रिया
Facebook Comment