कोरोना उत्कर्षमा पुग्यो, जनशक्ति र मेडिसिन स्ट्याण्डबाइ राख्नुपर्छ
नेपालमा कोरोना संक्रमण चिन्ताजन अवस्थामा पुगेको छ। सरकारले हरसम्भव प्रयास गर्दा पनि कोरोना समुदायमा फैलिएको देखिन्छ। स्केल ठूलो छैन होला, तर पछिल्लो समयमा भेटिने संक्रमितको अवस्था हेर्दा लक्षण समुदायमा पुगको देखिन्छ।
अहिलेको अवस्थाले ‘भुस’ को आगोलाई संकेत गर्छ। बाहिर देखिएको छैन, भित्रभित्रै दन्किरहेको छ। हामीले नाङ्गो आँखाले कोरोना संक्रमण फैलिएको नदेखे पनि यसले विकराल रुप लिएको कुरा नकार्न सकिँदैन।
हामीले उपयोग गर्दै आएको पुरानो विधिले मात्र कोरोना नियन्त्रण हुँदैन। अहिलेसम्म सामाजिक दूरी, मास्क र सेनिटाइजरलाई नै बढी प्राथमिकतामा राखेर आयौं। अब यतिले पुग्दैन। सरकारको अबको तयारी भनेको जनस्वास्थ्यका विषयमा नयाँ एजेण्डा लागू गर्नु पर्ने हुन्छ। हामीले प्रायोगमा ल्याएको पुरानो जनस्वस्थ्यको एजेण्डालाई पनि अझै मजबुद पार्नुपर्छ।
नयाँ एजेण्डा भन्नाले अब सरकारले उपचारका लागि ध्यान दिनुपर्छ। यसअघि सरकारले रोकथामलाई बढी प्राथमिकता दिएको थियो। लकडाउन गरेर, सामाजिक दूरी कायम गर्न लगाएर, मास्क, सेनिटाइजर जस्ता बाहिरी संक्रमणबाट जोगिन प्रयोगमा ल्याइने समग्रीहरुको प्रयोगबाट रोकथामका लागि सक्दो कोशिश सरकारले गरेकै हो। यी विधिहरु पनि अहिलेको अवस्थामा आवश्यक नै हुन्। तर, अव नयाँ एजेण्डा अनुसार उपचारका लागि ध्यान दिनुपर्छ।
उपचारमा आवश्यक पर्ने जनशक्ति, उपकरण, अक्सिजन जस्ता अत्यावश्यक वस्तुहरुलाई स्ट्याण्डबाइ राख्नु पर्छ। हामीसँग प्रयाप्त मात्रमा स्वास्थ्य सामग्रीहरु छैन। आयात पनि त्यति सजिलो छैन। एकै पटक समस्या सृजना हुँदा हामी जुटाउन नसक्ने अवस्था पनि आउन सक्छ। जति सकिन्छ उपचारको लागि तयारी अवस्थामा रहनु जरुरी छ।
लकडाउन भनेको सामाजिक दूरी कायम गराउने एउटा माध्यम हो। अब लकडाउन भनेपछि सबैले स्वीकार नगर्न पनि सक्छन्। यसको स्वरुप फेरिनु स्वभाविक हो। लकडाउनले धेरैलाई समस्या सृजना त अवश्य पनि गरेको छ, तर पनि सामाजिक दूरी कायम गराउन त्यो भन्दा विकल्प भएन सरकारसँग। हामी आफैंले जानेर आवश्यक सजकता अपनाउने हो भने लकडाउन फेरि गरिरहनु पर्छ जस्तो लाग्दैन।
उपचारमा आवश्य पर्ने जनशक्ति, उपकरण, अक्सिजन जस्ता अत्यावश्यक वस्तुहरुलाई स्ट्याण्डबाइ राख्नु पर्छ। हामीसँग प्राप्तमात्रमा स्वास्थ्य सामग्रीहरु छैन। आयात पनि त्यति सजिलो छैन। एकै पटक समस्या सृजना हुँदा हामी जुटाउन नसक्ने अवस्था पनि आउन सक्छ। जति सकिन्छ उपचारको लागि तयारी अवस्थामा रहनु जरुरी छ।
यस्तो कोरोनाको कहरका बेला सरकारका बारेमा बोलिनु त्यति उचित ठान्दिन। हामीले कसरी सजग रहने र कसरी स्वास्थ्यका मापदण्डहरु अपनाउने भन्ने बारेमा सोच्ने बेला हो। काम गर्दा हुने गल्ती कमीकमजोरी हुनसक्छ।
तर, प्राथमिकता कुन कुराले पाउने भन्ने हो। सरकारका बारेमा बोल्नेहरुलाई नै सोध्नुहोस् कोरोना रोकथाममा उहाँको के योगदान छ। मास्क नलगाई सडकमा हिँड्ने, भौतिक दूरी कायम नगर्ने तर, सरकारले मात्र सबै गर्नुपर्छ भन्नु मलाइ त्यति उचित लाग्दैन यो विषयमा धेरै नबोलौं।
यसभन्दा पहिला सामान्य लक्षण नदेखिएकालाई पनि अस्पतालमा भर्ना गर्यौं। सम्भवतः अब त्यो तरीकाले सम्भव हुँदैन। सिकिस्त बिरामी भएकालाई मात्र अस्पताल भर्ना गरिनु पर्छ। उनीहरुलाई अक्सिजनको आवश्यता पर्छ, भेन्टिलेटरको पनि जरुरी पर्न सक्छ।
सरकारले यस्ता विषयमा ध्यान दिनुपर्छ भन्ने मेरो भनाइ हो। लक्षण विना कोरोना पोजेटिभ भएकालाई अस्पतालमा राखेर लक्षण देखिएकालाई अस्पतालको बेड उपलब्ध नहुन राम्रो हुँदैन। अब त्यो तरिकाले सरकार जानुपर्छ।
कोरोना रोकथामको अर्को विकल्प भनेको सचेतना पनि हो। अहिलेको अवस्थालाई विश्लेषण गर्दा मानिसहरुमा सचेतनाको कमी भएको पनि महशुस हुन्छ। अब सरकारले नै सचेतनाका लागि कडाइका साथ कदम चाल्नु पर्छ। मान्छेहरु सामान्य स्वास्थ्य सम्बन्धी मापदण्डहरु पनि नअपनाइए सडकमा हिँडिरहेको देख्न सकिन्छ।
सर्वसाधारणले कोरोनालाई सामान्य रुपमा लैजानु, लाग्छ ठिक हुन्छ जस्तो व्यवहार गरिनु र लापरवाही गरिनुको कारण पनि पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएको देखिन्छ।
त्यसैले सरकारले जवरजस्ती भएपनि कोरोना रोकथामको लागि सूसुचित गराउनु पर्ने अवस्था आउन सक्छ। र, गर्नु पनि पर्छ। जवरजस्ती नगर्दा धेरैले स्वास्थ्यको प्रोटोकल नै ध्यान नदिएको देखिन्छ। जानेर होस् या नजानेर सर्वसाधारणको व्यवहारले कोरोना संक्रमण बढ्ने नै देखिन्छ घट्ने संकेत छैन।
डा. काेइरालासँग डिसी नेपालका तर्कबहादुर थापाले गरेकाे कुराकानीमा आधारित
Facebook Comment