उपत्यकाका ४४ जना सहित थप ३३८ जनामा कोरोना पुष्टि

डिसी नेपाल
२६ साउन २०७७ १६:३०

काठमाडौं। गत २४ घण्टामा काठमाडौं उपत्यकाका ४४ जनासहित ३३८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा गरिएको ८ हजार ४ सय ३२ पीसीआर परीक्षणबाट ३ सय ३८ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जना गरी काठमाडाैं उपत्यकामा ४४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।

प्रवक्ता गाैतमका अनुसार हालसम्म ४ लाख ५२ हजार २ सय ३६ को पिसीआर परीक्षण गरिएको छ। जसमध्ये ६ हजार ७ सय ३८ जना कोरोना संक्रमितको देशका विभिन्न अस्पतालहरुमा रहेको आइसोलेसनमा उपचार भइरहेको छ।

गत २४ घण्टामा १४० जना डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म जम्मा १६ हजार ४ सय ९३ जना कोरोना मुक्त भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *