घुस लिएको अभियोगमा मुद्दा

डिसी नेपाल
२६ साउन २०७७ २२:३४

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग गर्दै गरेको भन्ने सूचनाका आधारमा कञ्चनपुरबाट गएको आयोगको टोलीले जोशीलाई केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी जोशी सेवाग्रहीसँग रु ८५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार जोशीविरुद्ध बिगो असुल गरी कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *