त्रिभुवन विश्वविद्यालयमा नेविसंघद्वारा तोडफोड
काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्व विद्यालय उपकुलपति रजिष्ट्रारको कार्यालयमा तोडफोड गरेका छन्।
आफूले राखेका मागहरु पुरा नगरेको र पाटन अस्पतालमा आफ्ना नेता विरुद्ध उजुरी दिएका कारण तोडफोड गरेको नेविसंघका एक केन्द्रीय सदस्यले जानकारी दिए।
मंगलबार विश्वविद्यालयका तीन कार्यालय र उपकुलपति कार्यालयको गाडीमा नेविसंघका विद्यार्थीहरुले ढुङ्गामुडा गरेको प्रहरीले जनाएको छ। ढुङ्गामुडा प्रहारबाट कार्यालयका झ्यालका सिसा फुटेका छन् भने गाडीमा पनि क्षति भएको प्रहरीले जानकारी दियो।
यसअघि नेविसंघले उपकुलपतिको कार्यालयमा ताला लगाएको थियो। ताला खोल्ने विषयमा विश्वविद्यालयले उच्च अदालत पाटनमा नेविसंघका त्रिवि समिति सचिव योगेन्द्र रावल विरुद्ध मुद्दा दायर गरेको थियो। पाटन अस्पतालले ताला खोल्न अनुमति दिएपछि ताला खोलिएको बताइएको छ।
कार्यालय खुलेपनि हालसम्म आफ्ना मागहरुका बारेमा वार्ता नगरेको भन्दै विद्यार्थीहरुले आक्रोसमा तोडफोड गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए।
Facebook Comment