विश्वकै पहिलो कोरोना भ्याक्सिन स्वीकृत ! पुटिनले घोषणा गरे, छोरीले भ्याक्सिन लगाइन्
काठमाडौं। विश्वकै पहिलो कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार उनको देशले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको घोषणा गरे । पुटिनले यो भ्याक्सिन विश्वकै पहिलो सफल कोरोना भ्याक्सिन भएको दावी गरे । यसलाई रुसको स्वास्थ्य मन्त्रालयले प्रयोगको स्वीकृति दिएको पनि पुटिनले घोषणा गरे । पुटिनले आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको जानकारी दिए ।
#BREAKING Russia has developed ‘first’ coronavirus vaccine: Putin pic.twitter.com/s33LTMO0j0
— AFP news agency (@AFP) August 11, 2020
समाचार एजेन्सी एएफपीका अनुसार यो भ्याक्सिनलाई रुसको गेमालेया इन्स्टिच्युटले बनाएको हो । मंगलबार रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन सफल भएको प्रमाणीकरण गरेको छ । यसलगत्तै राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिनको उत्पादन छिटै सुरु गरिने ठूलो संख्यामा भ्याक्सिनको डोज बनाइने घोषणा गरे । पुटिनका अनुसार उनकी छोरीलाई कोरोनाभाइरस संक्रमण भएको थियो त्यसैले उनलाई यो भ्याक्सिन दिइयो । केही समयको लागि उनको शरीरको तापक्रम बढ्यो तर अब उनी ठिक छिन् ।
Facebook Comment