जनरल इन्सोरेन्सको प्रिमियम भुक्तानी आईएमई पेबाट

डिसी नेपाल
२७ साउन २०७७ १७:३१

काठमाडौं। जनरल इस्योरेन्स कम्पनीका ग्राहकहरुले बीमाको प्रिमियम आईएमई पे मार्फत भुक्तानी गर्न सक्ने भएका छन्। जनरल इन्सोरेन्स र आईएमईबीच मंगलबार यससम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार जनरल इन्सोरेन्सको प्रिमियम पुनः भुक्तानीका लागि आईएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन्।

आईएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो। कम्पनीले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्दै आएको छ।

यसबाट व्यक्ति–व्यक्तिकाबीच रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा उपलब्ध रहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *