५० प्रतिशत कर्मचारीबाट सेवा दिन बीमा कम्पनीलाई निर्देशन

डिसी नेपाल
२८ साउन २०७७ २०:४२

काठमाडौं कोभिड–१९ को संक्रमण बढेसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीबाट काम गर्न निर्देशन दिएको छ।

बुधबार निर्देशन जारी गर्दै समितिले सजगता अपनाउन कर्मचारीहरुलाई आलोपालोमा काम गर्ने व्यवस्था गर्दै बढीमा ५० प्रतिशत कर्मचारीबाट कार्य सम्पादन गर्न भनेको हो।

यस्तै सवारी साधनमा जोर विजोर प्रणाली अपनाई कार्यालय सञ्चालन गर्न तथा कर्मचारी व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ।

यसअघि नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई पनि आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरी सेवा दिन र घरबाट काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो।

काठमाडौं उपत्यकामा कोभिड संक्रमितहरुको संख्या बढ्दै जादा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा संक्रमण हुन थालेको छ।

विभिन्न बैंकका साथै राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत कर्मचारीमै कोरोना संक्रमण पुष्टि भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *