आज साउन २९ गते, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७७ साल साउन २९ गते बिहीबार । सन् २०२० अगष्ट १३ तारिख। प्रमादी संवत्सर । दक्षिणायन। वर्षा ऋतु। चन्द्रमा वृषराशिमा। काठमाडौंमा सूर्योदय ०५:३३ र सूर्यास्त बेलुकी ०६:४१ मिनेट
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा मन जानेछ। बोलिको प्रभाव बढ्ने छ। व्यावसायमा मन्दी आउनाले मनमा अशान्ति हाेला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएर बसेका कामहरु हल भएर जाने छन्। पढाइ लेखाइमा मन जाने छ। राजनीति र समाजसेवामा लाग्नेका लागि समय उत्तम छ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वाथ्य उपचार खर्च बढ्ने योग रहेको छ। अनावस्यक खर्च बढ्ने छ ख्याल गर्नुहाेला। अल्छी गर्ने बानिले काम बिग्रन सक्छ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ। रमाइलो वातावरणमा दिन बित्नेछ। उपहार प्राप्तिको योग रहेको छ। व्यापार व्यावसायमा समय दिनुहोला।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम पाउने याेग रहेकाे छ। राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ। आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापार व्यावसाय फस्टाएर जाने छ। मनमा उमंग छाउला। दाम्पत्य जीवन असल रहनेछ। भाग्यले साथ दिने छ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आलोचकहरु बढ्नेछन् । सानातिना घरेलु समस्याले सताउनेछ। माया प्रेममा धोका अबिश्वास बढ्ने याेग रहेकाे छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धी समस्या बढ्ने छ। दैनिक काम प्रभावित हुनेछन्। व्यावसायिक यात्रा हुनेछ। पढाइ लेखाइमा ध्यान नजाला।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने याेग छ। मन प्रशन्न हुनेछ। प्रेम गर्नेका लागि समय उत्तम रहेकोछ ।आफन्तबाट सहयोग पाइनेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामबाट लाभ लिन सकिनेछ। इष्टमित्रले सहयोग गर्नेछन्। व्यापारमा सामान्य बृद्धि हुनेछ। भौतिक सम्पत्ति प्राप्त हुनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक काममा समय बित्ने छ। आलोचनाको शिकार भइएला। व्यापार व्यावसायमा सामान्य सयम जाला। पढाइ लेखाइ कमजोर रहनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पराक्रम बढेर जानेछ। व्यावसायमा लगानि फाइदाजनक हुनेछ। माया प्रेममा रमाइलाे यात्राको अवसर जुर्नेछ। मन प्रफुल्ल रहने याेग रहेकाे छ।
Facebook Comment