अमेरिकामा झैं उमेर समूह हेरेर बचाउनु पर्ने दिन नआओस् नेपालमा

डिसी नेपाल
२९ साउन २०७७ ८:१४

कोरोनाको काठमाडौंको तथ्यांक हेर्दा अब ‘हटस्पट’ हुन्छ भन्ने कुरामा अब द्विविधा छैन होला। काठमाडौं उपत्यकाको जनघनत्व र कोरोनाको संक्रमण गर्ने प्रकृति हेर्दा र सर्वसाधारणले गरेको लापरवाहीलाई हेर्दा अमेरिकामा झैं उमेर समूह हेरेर बचाउनु पर्ने अवस्था नेपालमा नआउला भन्न सकिन्न।

यो न डराउन, न त कुनै अफवाह फैलाउन नभए यथार्थ भनाइ हो। सर्वसाधारणको तर्फबाट गरिएको लापरवाहीको कारण सरकारले थेक्न नसक्ने स्थिति सृजना हुन सक्छ। हामीले बनाएका भेन्टिलेटर र आइसीयू बेडहरु कम पर्न सक्छन्। र उमेर समूह हेरेर यसलाई बचाउनु पर्छ यसलाई न बचाउँदा पनि फरक पर्दैन भनेर चिकित्कस तथा कोरोनाका विरुद्ध लडिरहेकाहरुले निर्णय लिनुपर्ने स्थिति आउन सक्छ।

कारण के हो भन्नु हुन्छ भने लापरवाही। अमेरिकामा के अस्पतालहरुको कमी भएको होला? के त्यँहाका डाक्टरहरुले गर्न नसकेको होला? के नचाहेको होला? तर, किन दिन त्यत्रो मान्छेले ज्यान गुमाउनु पर्यो त? कारण एउटै हो लापरवाही। हामीले समाचारमा हेरौं मास्क लगाउनु पर्दैन जस्ता कुराहरु अमेरिकामा उठे, भीडभाडको कुनै प्रवाह गरिएन। पछि कोरोनाका संक्रमितहरु बढ्न थाले।

टेस्ट पनि त धेरै नै गरेको छ नि अमेरिकाले। टेस्ट गरेर मात्र कोरोना निको हुने त हैन। टेस्ट गरेपछि कोरोना संक्रमितको दर दिन प्रतिदिन बढ्न थाल्यो। अनि डाक्टरहरुले सबैलाई बचाउन सम्भव भएन होला। त्यसपछि उमेर समूह छनोट गर्न थालियो। यो दुःख छ तर बाध्यता हो।

भाइसरसँग निउ खोज्नु हुँदैन। यो मेरो आफन्त, श्रीमती, श्रीमान, छोरा, छोरी भनेर मास्क नलगाएर बस्नु हुँदैन। हामीले दुई तर्फी कुरा गर्दा जहिले पनि मास्क लगाउने २ मिटर भन्दा बढीको दूरी कायम राख्ने, हात धुने, सेनिटाइजर प्रयोग गर्ने लगाएतका कुराहरुमा ध्यान दिनु पर्छ। हामीले बानी नै बसाल्नु पर्छ यस्ता कुराहरुको।

भाइसरसँग निउ खोज्नु हुँदैन। यो मेरो आफन्त, श्रीमती, श्रीमान, छोरा, छोरी भनेर मास्क नलगाएर बस्नु हुँदैन। हामीले दुई तर्फी कुरा गर्दा जहिले पनि मास्क लगाउने २ मिटर भन्दा बढीको दूरी कायम राख्ने, हात धुने, सेनिटाइजर प्रयोग गर्ने लगाएतका कुराहरुमा ध्यान दिनु पर्छ। हामीले बानी नै बसाल्नु पर्छ यस्ता कुराहरुको।

कोरोना भाइरसको खोप, औषधि केही पनि बनेको छैन अहिलेसम्म। त्यो सबैलाई थाहा नै छ। अस्पताल पुगेर खोप लगाएर कोरोना निको पारिने होइन। केही दिनसम्म सबै भन्दा अलग राखिने हो। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने खालका क्रियाकलापहरु गर्ने हो। त्यसैपनि १५/२० दिनमा भाइरस सखाप भएर गएको केसहरु छन्। त्यति दिनसम्म यो भाइरससँग स्वयम् व्यक्ति लड्ने हो। यी सबैखालका कुरा थाहा हुँदा हुँदै हामीले रोकथाम आफ्नो तर्फबाट किन नगर्ने।

लकडाउन, सटडाउन, सिल, निशेधाज्ञा आदि जे भने पनि यी सबै टुल्सहरु हुन्, निदान होइनन्। कोरोना भाइरसको निदान भनेकै रोकथाम हो। रोकथामका लागि आवश्यक सावधानी नअपनाएसम्म निदान हुँदैन। रोकथामको लागि एउटै ब्रम्हास्त्र भनेको सचेतना हो। तपार्इँ हामी आफू–आफू सचेत भएनौं भने सरकारले प्रयोग गरेका कुनै पनि टुल्सहरुले काम गर्ने छैनन्।

असल देशभक्त नागरिक भएर देखाउने बेला आएको छ। यो बेलामा जसले मैले म बच्नु पर्छ। म बच्दा मेरो परिवार बच्छ। परिवारसँगै समाज बच्छ र समाजसँगै देश बच्छ भन्ने सोच्दैन त्यसलाई देश प्रति माया छैन। म त भन्दै आएको छु देशभक्त नागरिक बन्ने बेला आएको छ। आफूले आफूलाई सुरक्षित राख्न सकेमात्र व्यक्ति परिवार, समाज र देश कोरोनाबाट मुक्त हुन्छ।

मुक्त भनेको खोप नबन्दासम्म संसारबाट मुक्त नहुन सक्छ। संसार भन्दा पनि भारतमा कोरोना संक्रमण नियन्त्रणमा नआएसम्म नेपालमा आउने सम्भावना एकदमै कम छ। खुल्ला सीमा भएका कारण हामीले जतिसुकै कोशिस गरेपनि भारतबाट आउने क्रम नरोकिएसम्म कोरोना रोकिने वाला छैन। विश्वको कुनैपनि कुनामा मानिसको आवतजावतमा समस्या छैन। जुनसुकैबेला पनि जान सक्छ। मान्छे जुन ठाउँ पुग्छ त्यँहा कोरोना पुग्छ। कोरोना आफैं जाने होइन मान्छेले नै बोकेर लैजाने हो, ल्याउने हो।

हामीले कुनै पनि देश अथवा ठाउँ कोरोना मुक्त भयो भन्ने भ्रम तोडे हुन्छ। कोरोना ‘स्लो डाउन’ मात्र हुने हो ‘जिरो’ हुँदैन। किन भन्नु हुन्छ भने जिरो भएको ठाउँमा पनि पुनः कोरोना संक्रमितहरु भेटिएको हामीले सुनेका छौं, हेरेका छौं। कि त त्यो ठाउँमा मान्छेको आवत जावतमा पूर्ण रोक लगाउनु पर्यो, होइन भने मान्छेको आवतजावत हुने ठाउँमा त अर्को ठाउँबाट गएको हुन्छ।

टेस्ट पनि त धेरै नै गरेको छ नि अमेरिकाले। टेस्ट गरेर मात्र कोरोना निको हुने त हैन। टेस्ट गरेपछि कोरोना संक्रमितको दर दिन प्रतिदिन बढ्न थाल्यो। अनि डाक्टरहरुले सबैलाई बचाउन सम्भव भएन होला। त्यसपछि उमेर समूह छनोट गर्न थालियो। यो दुःख छ तर बाध्यता हो।

त्यसैले मैले अघि पनि भने विश्वको कुनैपनि मुलुकमा कोरोना रहेसम्म अर्को मुलुकमा खतरा कायम रहन्छ। हामीलाई त झन खुल्ला सीमा भएको भारतमा कोरोना दिन प्रतिदिन बढ्दो छ। त्यहाँको कोरोना नियन्त्रण नभएसम्म हामीले कल्पना पनि नगर्दा हुन्छ, हामी कोरोना मुक्त भयौं भनेर। तर, हामीले सचेतनाका कार्यक्रम गर्यौं अथवा आफै सचेत हुन थाल्यौं भने फेरि पनि भने ‘स्लो डाउन’ गर्न सक्छौं।

त्यो विषयमा मेरो व्यक्तिगत विचार बुझ्नु हुन्छ भने सरकारले जनशक्ति र अस्पतालको वृद्धिमा लगाउने लागत सचेतनामा कडाईका साथ बरु छुट्टै सयन्त्र नै बनाएर लगाए राम्रो हुन्छ। कारण फेरि त्यही हो। अस्पताल बनाएर अथवा जनशक्ति बढाएर कोरोना निर्मुल त हुँदैन। होला टेस्टिङ बढी होला। बढीमा देखिन्छ पनि। बढीमा देखिए पुनः भन्छु अमेरिकाकै अवस्था आउन सक्छ।

यसो भन्दैमा टेस्टिङ गर्नै छोड्नुस भनेको होइन। पहिले पनि भने मैले यी सबै टुल्स हुन्। टुल्सहरु प्रयोग त गर्नु नै पर्छ तर सचेतना फैलाइएन भने टुल्सहरुले मात्र कतिदिन धान्ने भन्ने प्रश्न हो। सकभर त हरेक नागरिक आफैं सचेत हुनु पर्ने।

त्यो हामीले देखेनौं अब बल प्रयोग गरेर भए पनि हरेकको मानसिकतामा मेरो काम, कर्तव्य, अधिकार र राष्ट्र प्रतिको जिम्मेवारी पनबाट नै कोरोनाको रोकथाम गर्न सकिन्छ भन्ने भावना हरेकमा जागृत गरिनु पर्छ।

सरुवा रोग विशेषज्ञ डा.  पुनसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *