सिन्धुपाल्चोकमा पहिरो : २१ घर पुरिए, केही परिवार सम्पर्क विहीन

डिसी नेपाल
३० साउन २०७७ ८:५८

काठमाडौं । सिन्धुपाल्चोकमा गएको पहिरोमा २१ घर पुरिएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ मा गएको पहिरोबाट झण्डै २१ जना पुरिएको वडा अध्यक्ष प्रताप लामाले डिसी नेपाललाई जानकारी दिए।

लामाका अनुसार शुक्रबार विहान करिव ६ बजे तिर पहिरो गएको हो। उनले भने, ‘सबै तथ्याङ्क आएको छैन। हामी जाँदै छौं। नेपाली सेनाको हेलिक्टर पनि उड्न तयार भएको छ। सभामुख ज्यू पनि आउँदै हुनुहुन्छ।’

उनका अनुसार धेरै घाइते भएका छन्। २ जना सिकिस्तै रहेका छन्। उद्धारका लागि प्रहरीको टोली घटनास्तलमा पुगेको छ।

उदार गर्न निकै कठिन भएको उनले बताए। उनले भने, ‘केही घरका परिवारहरु सम्पर्क विहीन हुनुहुन्छ। उद्धार गर्न निकै कठिन भएको छ।’

राससका अनुसार पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिए। पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए। जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *