प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

डिसी नेपाल
३१ साउन २०७७ १३:५९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन संवाद भएको छ। शनिबार भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेफिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

भारतले अतिक्रमित गरेको नेपाल भूमि समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको छ। यो बीचमा नेपालले पटक पटक गरेको वार्ताको आग्रहलाई भारतले बेवास्ता गर्दै आएको थियो।

तर शनिबार ७४ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री तहका टेलिफोन संवाद भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

उनले दुई प्रधानमन्त्रीबीच भएको छलफलका विषयमा केही समयपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिनेछ।  शनिबार विहानै प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमार्फत भारतीय कमकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *