साउनकाे अन्तिम दिन विनिमयदर यथावत (सूचिसहित)

डिसी नेपाल
३२ साउन २०७७ ७:३३

काठमाडौं। अमेरिकी डलरको उकालो यात्रा आइतबार रोकिएको छ। शुक्रबारबाट उकालो लागेको यात्रा आइतबारसम्म पुग्दा रोकिएको हो। आइतबारसम्म पुग्दा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५५ पैसामा रोकिएको छ। नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अमेरिकी डलर लगाएत यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङको उकालो यात्रा यथावतमा रोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५५ पैसा विक्रीदर १२० रुपैयाँ १५ पैसा रहेको छ। यूरोपीयन यूरोको खरिददर १४० रुपैयाँ ९९ पैसा, विक्रीदर १४१ रुपैयाँ ७० पैसा रहेको छ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ २१ पैसा, विक्रीदर १५७ रुपैयाँ, अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३६ पैसा, विक्रीदर ८५ रुपैयाँ ७९ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा, विक्रिदर ३२ रुपैयाँ ०४ पैसा, यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा र विक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ।

यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५५ पैसा, विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५१ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार मलेसियन रिंगेटमा भने शुक्रबार र शनिबार एउटै दरमा कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *