कोरोनाभाइरसः पूर्ण प्रभावकारी भ्याक्सिनबिना नै एक वर्षमा सामान्य स्थितिमा फर्किन सकिने
काठमाडौं। अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले आधा प्रभावकारी भ्याक्सिनकै सहयोगले पनि एक वर्षभित्र विश्व सामान्य अवस्थामा फर्किन सक्ने बताएका छन् । ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका प्रमुख सदय समेत रहेका डा. फाउसीले एक टेलिभिजन अन्तरवार्तामा भने ‘कोरोनाभाइरसका लागि बन्ने भ्याक्सिन १०० प्रतिशत प्रभावकारी हुने कुनै सम्भावना थिएन । यदि हामीले यसको आधा प्रभावकारी भ्याक्सिन मात्रै पायौं भने पनि एक वर्षभित्र हामी सामान्य स्थितिमा फर्किन सक्छौं ।
फाउसीले गत हप्ता कोरोनाभाइरसको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी हुने सम्भावना पनि निकै कम भएको स्वीकार गरेका थिए । ५० वा ६० प्रतिशत प्रभावकारी भ्याक्सिनले पनि राहतको ठूलो काम गर्न सक्ने उनले बताएका थिए । फाउसीले अगाडि भने ‘यदि हामी २०२१ को सुरुवातसम्म भ्याक्सिन हासिल गर्न सफल भयौं भने २०२१ को अन्त्यसम्म महामारीलाई पूर्ण रुपमा नियन्त्रणमा लिन सक्षम हुनेछौं । हामी सामान्य रुपले त्यत्तिको राम्रो बन्न सक्छौं जति सम्भवतः हामी हुन सक्थ्यौं ।’
के यो महामारीले २०२४ सम्म मानिसलाई छोड्ने छैन ? भन्ने प्रश्नको जवाफमा फाउसीले यस्तो नभएको बताए । फाउसीका अनुसार कोरोना बढीमा २०२१ को अन्त्यसम्म जान सक्छ । यदि यसलाई लिएर लापरवाही गरियो वा सुरक्षित र प्रभावशाली भ्याक्सिन पाउन सकिएन भने केही जर्ष अmभै समस्या भने हुन सक्छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले पहिले प्रयोगको लागि स्वीकृति पाउन भ्याक्सिन कम्तमिा ७० प्रतिशत प्रभावकारी हुनुपर्ने भनेको थियो तर पछि ५० प्रतिशतसम्म प्रभावशाली भ्याक्सिनलाई स्वीकृति दिने सहमति बनेको थियो ।
Facebook Comment