पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिसी नेपाल
३२ साउन २०७७ १९:०८

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

मूल्य बढेपछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *