‘समुदायलाई बचनाउने हो भने स्वास्थ्य संकटकाल लगानुपर्छ’
देशको पछिल्लो अवस्था र तथ्यान्क हेर्ने हो भने, संक्रमण तिब्र गतीमा समुदायमा फैलिसकेको स्पष्ट छ र अहिले उपचारको अग्रपंतीमा खटिनु हुने ६०० भन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमणको चपेटामा परी सक्नु भयो, जसमध्य ६० भन्दा बढी त चिकित्सक मात्र हुनुहुन्छ। अस्पताल र वार्डहरु धमाधम सिल हुँदैछन्। सेवा पुरै कटौती हुँदैछन्। तसर्थ अब देश र समुदायलाई बचाउने हो भने,
?जनस्वास्थ्य ऐनमा टेकेर स्वास्थ्य संकटकालसँगै स्वास्थ्यको इमर्जेन्सी प्लान गराउनै पर्छ।
?सबै बिरामीलाई एउटै ठाउमा कोचेर हैन स्पष्ट कोभिड र नन–कोभिड अस्पताल छुट्टाउनु पर्छ।
?सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्था, अस्पताल र मेडिकल कलेजमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीको एचआर म्यापिङ गरेर तम्तयार अवस्थामा टिमहरु खडा गर्नुपर्छ।
?तत्काल सो टिमहरुलाई अतिप्रभावित रेड अलर्ट क्षेत्रहरु (जस्तैः बिरगन्ज्, नेपालगन्ज, काठमाडौं)मा खटाइ हाल्नु पर्छ।
?क्रिटिकल केअरका लागि चाहिने दक्ष जनशक्ति र आवश्यक बेड, आईसीयु, भेन्टिलेटरको एकिन तथ्यांक राखी अगाडि बढ्नु पर्छ।
?संक्रमणमाथि अपमान खेपेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन न्युनतम १ करोडको बीमा गरेर केहि परे तत्काल रेस्क्यु गर्ने प्रबन्ध मिलाउनु पर्छ।
?पूर्ण सुरक्षाको प्रत्याभुती गराउँदा पनि नन कोभिड अस्पतालमा अन्य बिरामिको उपचार गर्न हिच्किचाउने र उपचार नगर्नेलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्छ।
?यस्तो संकटग्रस्त अवस्थामा टिप्पणी उठाउने, फाइल खडा–सदर गर्ने, अर्थको सहमति लिने अनि झारा टार्ने हाइनन सिधा र छिटो बाटो द्रुतमार्ग अपनाइ अगडि बढ्नु पर्छ।
?कात्रोमा कमिसन खाने परिपाटीको पूर्ण रूपमा अन्त्य गरिनुपर्छ।
?देशभर रहेका होटेल, पार्टी प्यालेस्, बिद्यालय, धर्मशाला, मदरसा, चर्चहरुलाई आइसोलेसनका लागि तयारी अवस्थामा राख्नु पर्छ।
?होम आइसोलेसनलाई पनि बढावा दिनु पर्छ।
अन्त्यमा र सबैभन्दा महत्वपूर्ण कुरा भनेकोः
???आम सर्बसाधारणले चाहि स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले भनेको “कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनथवाथ्यका मापदण्ड, २०७७” को पुरापुर पालना गर्नै पर्छ।
डा. रवीन खड्का, अध्यक्ष सरकारी चिकित्सक संघ
Facebook Comment