आज भदाै १ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१ भदौ २०७७ ६:२९

आज वि.सं.२०७७ साल भाद्र ०१ गते सोमबार । सन् २०२० अगष्ट १७ तारिख । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । चन्द्रमा कर्कट राशिमा । काठमाडौंमा सूर्योदय विहान ०५ः३५ र सूर्यास्त बेलुकी ०६ः३८ मिनेटमा

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायबाट फाइदा हुने छ। छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ । मन खिन्न रहने अवस्था छ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छाेटाे दुरीकाे रमाइलाे यात्रा हाेला। जिम्मेवारीमा व्यस्तता बढ्न्छ । अरुको काम गर्नुपर्नेछ । दाजुभाइमा सहकार्य हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेममा प्रशन्न्नता बढ्नेछ। प्रियबाट धनको सहयोग मिल्नेछ । खानपिनमा खर्च हुनेछ । व्यापार व्यवसायमा निकै मेहेनत गर्नु पर्ला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बढी जिम्मेवारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ । काम बीचैमा रोकिनेछ । प्रतिश्ठामा बृद्धि भएर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमा आलश्यता तथा अल्छिपना बढेर जानेछ। सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आम्दानीले पुरानो गर्जो टर्नेछ । सवारी सुख मिल्नेछ । कृषि कर्मबाट धनार्जन हुनेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्या आउनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ । मान सम्मानको लोभ जाग्नेछ । ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ । विदेशवाट सहयोग मिल्नेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरकारी झमेला आउनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ । आर्थिक काममा अपजस मिल्नेछ । नयाँ काममा बाधा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ । प्रेममा सुख मिल्नेछ । पहिलेका समस्याहरु हल हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ । पुरानो विवाद सल्टिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ । धन दौलतको कारोवार बढ्नेछ । मनग्गे धन आर्जन गर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *