विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १७ लाख बढी, भारतमा मृतकको संख्या ५० हजार नाघ्यो
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट हालसम्म २ करोड १७ लाख ८२३ जना संक्रमित भएका छन्। तीमध्ये १ करोड ४४ लाख ७ हजार ९१३ जना उपचारपछि निको भएका छन् भने सात लाख ७० हजार ५२३ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै अमेरिकामा ५५ लाख ३९ हजार ७८९ जना संक्रमित भएका छन् भने १ लाख ७२ हजार ७६२ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म २९ लाख ४ हजार ४४० जना उपचारपछि निको भएका छन्।
दोस्रो नम्बरमा रहेको ब्राजीलमा ३३ लाख १७ हजार ८३२ जना संक्रमित भएका छन् भने १ लाख ७ हजार ७९७ जनाको मृत्यु भएको छ। ब्राजीलमा २४ लाख ६ हजार २७२ जना उपचारपछि निको भएका छन्।
यसैगरी धेरै संक्रमित हुनेको तेस्रो नम्बरमा रहेको भारतमा २६ लाख ३४ हजार २५६ जना संक्रमित भएका छन् भने ५० हजार ८४५ को मृत्यु भएको छ। भारतमा १९ लाख ६ हजार ६१२ जना उपचारपछि निको भएका छन्।
यसैगरी रुसमा ९ लाख २२ हजार ८५३ जना संक्रमित भएका छन् भने १५ हजार ६८५ जनाको मृत्यु भएको छ। रुसमा ७ लाख ३२ हजार ९६८ जना उपचारपछि निको भएका छन्।
Facebook Comment