कोरोना भ्याक्सिन विकासमा चीनले पार गर्यो अर्को कोसेढुंगा, सिनोफार्मले दियो खुसीको खबर

डिसी नेपाल
१ भदौ २०७७ ११:५५

काठमाडौं। चीनको भ्याक्सिन विकासकर्ता कम्पनी सिनोफार्मले उसको कोरोना भ्याक्सिनको ‘इम्युन रेस्पोन्स ट्रायल’मा राम्रो नतिदा देखिएको बताएको छ । उसले भ्याक्सिन क्लिनिकल ट्रायलको तेस्रो चरणमा समेत प्रवेश गरेको बताएको छ । विश्जभरका विशेषज्ञले कोरोनाको भ्याक्सिन २०२१ को सुरुवातसम्म विकसित हुन सक्ने बताएका छन् । भ्याक्सिन विकासमा चीन, अमेरिका र बेलायत सबैभन्दा अगाडि देखिएका छन् ।

समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको रिपोर्टअनुसार सिनोफार्मका शोधकर्ताहरुले पहिलो र मध्यम चरणको ट्रायलमा यो भ्याक्सिनले इम्युनिटी बढाएर एण्टिबडी उत्पादन गर्न सक्ने प्रमाण भेटिएको बताएका छन् । अब नियामक निकायबाट स्वीकृतिका लागि यसको उन्नत चरणको ट्रायल हुनेछ । सिनोफार्मका अध्यक्षले गत महिना मात्र मिडियालाई एक राम्रो भ्याक्सिन यो वर्षको अन्त्यसम्म तयार हुन सक्ने बताएका थिए ।

यो भ्याक्सिनको तेस्रो चरणको ट्रायल ३ महिनामा पूरा हुनेछ । सिनोफार्मका शोधकर्ताहरु र ‘डिजिज कन्ट्रोल अथोरिटीज अफ चाइना’ को यो रिपोर्ट जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित गरिएको छ । रिपोर्टमा शोधकर्ताहरुले यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको ट्रायलमा ३२० स्वस्थ स्वयंसेवकहरुलाई सहभागी गराइएको थियो । यीमध्ये कुनै पनि स्जयंसेजकहरुमा भ्याक्सिनको साइड इफेक्ट देखिएन ।

चीनको नेशनल फार्मास्युटिकल ग्रुप सिनोफार्म यो भ्याक्सिनको ट्रायल युएइमा गर्दैछ । चीनमा संक्रमणको दर निकै कम भएकोले त्यहाँ तेस्रो चरणको ट्रायल गर्न सम्भव छैन । कम्पनीका अनुसार अर्को चरणको ट्रायलमा १५ हजार जनामा यो भ्याक्सिनको परीक्षण गरिँदैछ । चीनमा ८ भ्याक्सिनले ट्रायलको अनुमति पाएका छन् र ती भ्याक्सिनहरु अलग अलग चरणको ट्रायलमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *