बारामा दुई गाउँलेबीच झडपः ४ प्रहरी र १२ सर्वसाधारण घाइते
काठमाडौं । बारामा दुई गाउँलेबीच कुलोमा माछा मार्ने विषयमा झडप भएको छ । खेतमा लगाइएको कुलोमा माछा मारेको र डुवानको विषयमा दुई गाउलेबीच झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रका अनुसार दुई गाउलेबीच भएको झडप रोक्न प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएको पनि उनले बताए।
डिएसपी मिश्रका अनुसार सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप भएको थियो । कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको र त्यसलाई नियन्त्रणमा लिन ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप नरोकिएपछि १३ राउण्ड हवाई फायर गरिएको डीएसपी मिश्र बताए ।
प्रतिक्रिया
Facebook Comment