मंगलबार अमेरिकी डलरमा ३ पैसाले गिरावट, के छ अन्य देशकाे (सूचिसहित)

डिसी नेपाल
२ भदौ २०७७ ८:०२

काठमाडौं। अमेरिकी डलरको मंगलबार पुनः गिरावट आएको छ। सोमबार ११९ रपैयाँ ५५ पैसामा कारोबार भएको अमेरिकी डलरको मुल्य मंगलबार ३ पैसाले घटेको हो। गत हप्ताको शुक्रबारबाट सुरु भएको अमेरिकी डलरको उकालो यात्रा आइतबार ११९ रुपैयाँ ५५ पैसामा रोकिएको थियो। सोमबार पनि ११९ रुपैयाँ ५५ पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्यमा मंगलबार भने गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५२ पैसा विक्रीदर १२० रुपैयाँ १२ पैसा रहेको छ। यूरोपीयन यूरोको खरिददर १४१ रुपैयाँ ६५ पैसा, विक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ४४ पैसा, विक्रीदर १५७ रुपैयाँ २३ पैसा, अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८७ पैसा, विक्रीदर ८६ रुपैयाँ ३० पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८७ पैसा, विक्रिदर ३२ रुपैयाँ ०३ पैसा, यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८२ पैसा र विक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ।

यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५४ पैसा, विक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५१ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *