सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनईबाट पनि

डिसी नेपाल
२ भदौ २०७७ १३:१५

काठमाडौं। ब्रुनईको ख्याति प्राप्त स्लामअली रेमिटेन्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ । ब्रुनईमा हरेक नेपालीहरुले स्लामअली रेमिटेन्स (SIAMMALI Remittance)  को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने सिटि एक्सप्रेसले जनाएको छ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ८ हजार ५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने सिटी एक्सप्रेस मनि ट्रान्सफरले विज्ञप्ति जारी गरी जनाएको छ। नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र SIAMMALI Remittance को तर्फबाट निर्देशक Pg. Hj. Seruji  bin Pg. Hj. Damit ले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८ हजार ५०० भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *