अछामको रामारोशनमा भीषण बाढी, ४ जनाको शव फेला, १७ जना बेपत्ता

डिसी नेपाल
३ भदौ २०७७ ९:४६

काठमाडौं। अछामको रामारोशन गाउँपालिकामा बाढीले बस्त बगाउँदा १७ जना बेपत्ता भएका छन्। चार जनाको शव फेला परेको छ।

गएराति परेको अवरिवल वर्षाका कारण आएका बाढीले सैनी चुरेपानी बजार बगाउँदा ठूलो मानवीय क्षति भएको रामारोशन गाउँपाकिाका अध्यक्ष झंकरबहादुर साउदले जानकारी दिए।

‘मंगलबार राति परेको अविलर बर्षापछि आएको बाढीले बगाउँदा ठूलो मानवीय क्षति भएको छ,’ गाउँपालिका अध्यक्ष साउँदले डिसी नेपालसँग भने, ‘सैनी चुरोपानी बजारको नाम निसाना छैन। अन्य धेरै ठाउँमा ठूलो क्षति भएको छ। हालसम्म ४ जनाको शव फेला परेको छ, १७ जना वेपत्ता भएका छन्।’

उनले रामारोशनमा रहेको गेराहा ताल फुटेको जानकारी आएको तर त्यसको पुष्टि भइनसकेको जनाए। धेरै बाढीले धेरै खेत बगाएको बताए। पशु चौपटा ठूलो संख्यामा मरेको उनले जनाए। उद्दार र राहतका लागि प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको उनले जनाए।

राससका अनुसार बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *