अबको एक हप्ता लकडाउन भन्दा कडा निषेधाज्ञा

डिसी नेपाल
३ भदौ २०७७ ११:१८

काठमाडौं। कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्लामा आज राती १२ बजेबाट निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको निर्णयले आज रातिबाट निषेधाज्ञा जारी गरेपछि अघिल्लो ‘लकडाउन’ भन्दा कडा हुनेछ।

अत्यावश्यक बाहेक अन्य कुनैपनि सवारी साधानहरु सञ्चालन हुने छैनन्। सडकमा सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, खाद्यान्न, पानी र सञ्चारगृहका आवश्यक सवारी साधानमात्रै सञ्चालन हुनेछन्। उनीहरुको पनि कडा चेकजाँच गरिनेछ।

‘यो लकडाउन भन्दा अलि कडा हुन्छ, सबैले बुझ्नुपर्ने कुरा के हो भने हेलचेक्राई गर्नु हुँदैन म सबैलाई आग्रह गर्दछु संयम अपनाऔं’, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।

उनका अनुसार निषेधाज्ञाको समयमा निजी तथा सार्वजनिक सवारी साधन गुडाउन पाइने छैन। तर, अत्यावश्यक सामाग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन भने सडकमा सञ्चालन हुनेछन्।

त्यस्तै, औषधि, इन्धन, तरकारी फलफूल, विद्युत्, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा आउन जान र मृत्यु संस्कारमा सहभागी हुनका लागि रोक लगाइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *