आइएफसीमा सरकारको भोटिङ राइट ०.०१ प्रतिशतले बढ्यो

डिसी नेपाल
३ भदौ २०७७ १२:२५

काठमाडौं। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) मा नेपालको सेयर बढेको ०.०१ प्रतिशतले बढेको छ। सरकारले गत सोमबार विश्व बैंक समूह अन्तर्गतको आइएफसीको सेयर खरिद गर्ने निर्णय गरेसँगै नेपालको सेयर बढ्ने भएको हो।

अब नेपालको भोटिङ राइट ०.०६ प्रतिशतबाट ०.०७ प्रतिशतमा पुगेको छ। गत बर्षमात्र नेपालले आइएफसीमा गरेको सेयर लगानीबाट करिव ५७ सय सेयर प्राप्त गरेको थियो। सरकारले थप लगानी गरेसँगै आइएफसीमा नेपालको लगानी करिव नौ हजार पाँचसय प्लस पुगेको छ।

अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले सरकारले हजार डलरका जनरल र सेलेक्टिभ क्यापिटलमा ३५५८ बटा सेयरमा लगानी गर्ने भएको हो।

उनका अनुसार आइएफसीबाट आउने रिटर्न सेयर पनि राम्रो भएकोले सो कम्पनीमा नेपालले लगानी बढाएको हो। त्यस्तै नेपालका अनुसार आइएफसीले पनि नेपालमा आफ्नो लगानी बढाइरहेको छ। उसको नेपालमा पोर्टफोलियो बढीरहेको छ।

नेपालमा आइएफसीले लगानी गरेका विभिन्न आयोजनाहरु पाइपलाइनमा रहेका छन्। सहसचिव नेपालले सरकारले गत सोमबार गरेको सो निर्णय नेपालको हितमा भएको दावी गर्दै भने, ‘सरकारले यो निर्णय एकदम सही र आवश्यक निर्णय गरेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *