उपत्यकामा बैंकका सबै शाखा बन्द

डिसी नेपाल
४ भदौ २०७७ ११:५३

काठमाडौंं। बिहीबार उपत्यकाभित्र रहेका बैंकका सम्पूर्ण शाखाहरु बन्द भएका छन्। स्थानीय प्रशासनले बैंकका शाखा खोल्न हिँडेका सम्पूर्ण कर्मचारीहरुलाई रोकेर राखेपछि नेपाल बैंकर्स संघले उपत्यकाका सम्पूर्ण शाखा बिहीबार बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार स्थानीय प्रशासन, बैंकर्स संघ र नेपाल राष्ट्र बैंकबीच भएको सहमतिमा बैंकपनि अत्यावश्यक क्षेत्रभित्र पर्ने भएकोले सिमित शाखा खोल्न भने दिने सहमति भएको थियाे। तर सहमति तोड्दै स्थानीय प्रशासनले कर्मचारीलाई रोकेपछि संघले उपत्यकाका बैंकका सम्पूर्ण शाखा बन्द गर्ने निर्णय गरेको हो।

स्थानीय प्रशासनले एटिएमबाट रकम निकाल्न आग्रह गरेपनि एटिएमममा रकम राख्नका लागि कर्मचारी आवश्यकता परेको र बैकिङ सिष्टम अपरेट गर्नका लागि पनि केही कर्मचारी अत्वाश्यक रहेको संघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *