शेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह
काठमाडौं । शेयर ब्रोकरहरुको छाता संगठन ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर कारोबारको भुक्तानीमा विद्युतीय माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।
धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताहरुले अनलाइन बैंकिङ, कनेक्ट आईपीएस लगायतका इन्टरनेट तथा विद्युतीय भुक्तानी प्रणालीहरुमा आवद्ध हुन र अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानी विद्युतीय माध्यमबाट मात्र गर्न एसोसिएसनले अनुरोध गरेको हो ।
निषेधाज्ञाका कारण बैंकका सिमित शाखा मात्र खुल्ला भएकाले चेक मार्फत भुक्तानी गर्न अप्ठ्यारो पर्ने एसोसिएसनले जनाएको छ ।
धितापत्रबोर्डले यसअघि धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबिचको कारोबारको लेनदेन १५ दिनभित्रमा विद्युतीय भुक्तानी माध्यमबाट मात्र गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया
Facebook Comment