सरकारले स्वास्थ्यकर्मीको मनोबल घटायोः चिकित्सक संघ
काठमाडौं। कोरोना महामारीको कठिन समयमा अहोरात्र खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सरकारले मनोबल घटाएको भन्दै दुःख व्यक्त गरेको छ।
संघका महासचिब डा. बद्री रिजालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९)रोकथाम तथाउ पचारमा फ्रन्टलाइनमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै संक्रमणबाट ग्रसितभई अस्पतालमा भर्ना हुने क्रम निरन्तर बढ्दै गइरहेको बताएका छन्।
उनले भनेका छन्, ‘कोभिड १९ रोकथामव् यवस्थापन गर्दा चिकित्सकहरु समेत संक्रमितहुनगई स्वास्थ्य सेवा प्रवाहमा असर पुग्न गएकोले उनीहरुको सुरक्षाका निम्ती आवश्यक सुरक्षाका सामग्रीहरुको सहज रुपमा उपलब्ध गराई संक्रमित भएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुका लागि छुट्टै अस्पताल तथा उपचारको व्यवस्था गर्न नेपाल चिकित्सक संघले नेपाल सरकार समक्ष पटक पटकअ ाग्रहगर्दा समेत सुनुवाई नगरी सम्पूर्ण चिकित्सकहरुको मनोबल घटाउने कार्य भएकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ।’
संघले नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशिका बमोजिम चिकित्सकहरुले कोरोना संक्रमितहरुको उपचार गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी र व्यक्तिगत सुरक्षा सामग्री(पिपिई)को प्रयोग गरी उपचारमा संलग्न हुन र सम्पूर्ण स्वास्थ्य संस्थाहरुले समेत निर्देशिकामा उल्लेख भए बमोजिमका सुरक्षाका सामग्रीहरु उपलब्ध गराई स्वास्थ्य सेवामा खटाउनु हुन अनुरोध गरेको छ।
Facebook Comment