वैकल्पिक सिकाई प्रणालीलाई नै थप प्रभावकारी बनाइने

डिसी नेपाल
६ भदौ २०७७ २०:०२

काठमााडौं। कोरोना महामारीका कारण विद्यालयहरु सञ्चालन हुन नसकेकाले वैकल्पिक सिकाई प्रणालीलाई नै थप प्रभावकारी बनाइने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले तत्काल प्रत्यक्ष साक्षत्कारमा आधारित सिकाइ प्रक्रिया तत्काल सम्भव नभएकाले बैकल्पिक प्रणालीलाई नै थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

शनिबार प्रदेश १, २, बागमती प्रदेश र प्रदेश ५ अन्तर्गतका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख र सामाजिक विकास मन्त्रालयका पदाधिकारीहरुसँग बैकल्पिक प्रणालीको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरणको समीक्षा र शैक्षिक सत्र व्यवस्थापन सम्बन्धमा छलफलमा मन्त्री पोखरेलले कोरोनाको महामारीलाई अवसरका रुपमा लिई शिक्षा प्रणालीलाई समयानुकूल बनाउनु पर्ने बताए।

उनले आपतकालका नाममा बालबालिकाको विकास र सिकाइमा सम्झौता गर्न नसकिने बताए। उनले भने, ‘आपतकालमा ज्यान बचाउनु महत्वपूर्ण कुरा हो तर आपतकालका नाममा बालबालिकाको विकास र सिकाइमा हामी सम्झौता गर्न सक्दैनौँ ।’

मन्त्री पोखरेलले पाठ्यक्रमद्वारा निर्धारण गरिएको समायावधि र पूर्णांकमा संकुचन र बैकल्पिक माध्यमबाट सिकेका विषयहरुलाई मूल्यांकनको दायरामा ल्याएर भए पनि शैक्षिक सत्र खेर जान नदिनका लागि आफूहरु प्रयासरत भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *