प्रतिवेदनले पार्टी भित्रको विवाद समाधान हुने कार्यदल सदस्यहरुको विश्वास
काठमाडौं। सत्तारुढ दल नेकपामा चुलिएको विवाद समाधानका लागि राय सुझाव दिन गठन गरिएको कार्यदलले शनिबार पार्टीका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको राजीनामा मागिएपछि गएको असाढबाट नेकपामा विवाद चुलिएको थियो। विवादकै कारण पार्टीको जारी स्थायी कमिटी बैठकसमेत विथोलिन पुगेको थियो। तर, यहीबीचमा दुई अध्यक्षबीच भएको बाक्लो भेटवार्ताले कार्यदल बनाउने निर्णय गरेसँगै सेलाएको विवाद कार्यदले प्रतिवेदन बुझाउँदा विवाद नै समाधान हुने परिदृश्य देखिएको छ।
कार्यदलका एकजन सदस्य वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका भीम रावलले प्रतिवेदनले पार्टी भित्रको विवाद समाधान गर्ने विश्वास व्यक्त गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘आज २०७७ साल भदौ ६ गते नेकपा,समस्या समाधान सुझाव कार्यदलले पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ। केही समय यता पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याहरूको समाधान गर्दै पार्टीलाई विधिसम्मत, एकतावद्ध र प्रभावकारी रूपमा अघि बढाउन प्रतिवेदन सहायक हुने अपेक्षा गरिएको छ।’
आज २०७७ साल भदौ ६ गते नेकपा,समस्या समाधान सुझाव कार्यदलले पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ ।केही समय यता पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याहरूको समाधान गर्दै पार्टीलाई विधिसम्मत,एकतावद्ध र प्रभावकारी रूपमा अघि बढाउन प्रतिवेदन सहायक हुने अपेक्षा गरिएको छ ।
— Bhim Rawal, PhD (@BhimRawal179) August 22, 2020
रावलको यो भनाइसँगै प्रतिवेदन सर्वसम्मत रुपमा बनेको स्पष्ट भएको छ। ओली निकट, प्रचण्ड निकट र नेपाल निकट नेताहरुले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पारेकाले त्यो प्रतिवेदन कार्यान्वयन हुने पनि लगभग पक्का देखिएको छ।
पार्टी महासचिब तथा कार्यदलका संयोजक विष्णु पौडेलले प्रतिवेदन बुझाएपछि भनेका छन्, ‘अब नेकपा एकतावद्ध हुन्छ। विभाजनको सपना देख्नेहरुलाई आजको दिनले जवाफ दिएको छ। अब पार्टी एकतावद्ध हुन्छ।’
प्रधानमन्त्रीको राजीनामा माग्ने समुहको नेतृत्व गरिरहेका अध्यक्ष प्रचण्डले यसअघि नै प्रधानमन्त्रीले दुबै पदबाट राजीनामा दिनुनपर्ने बताइसकेकाले कार्यदलको सुझाव पनि सोहीअनुसारको रहेको बताइएको छ। कार्यदलको प्रतिवेदनअनुसार प्रधानमन्त्री ओलीको संकट टरेको बुझिएको छ।
Facebook Comment