सरकारले जारी गरेको निषेधाज्ञाबाट जनता मारमा

डिसी नेपाल
७ भदौ २०७७ ९:५५

‘अस्ति मात्रै अफिस खुल्यो भनेर गाउँबाट काठमाडौ बल्लतल्ल आएको अब फेरि कसरी गाउँ जानु’ कलंकीको एक सहकारी कार्यालयमा काम गर्ने रिता शर्मा (नाम परिवर्तन)ले गुनासो गरिन। कोरोनाको जोखिम तथा संक्रमण न्यूनिकरणका लागि गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि गाउँ धेरैले काठमाडौं छोडेर गाउँ गएका थिए।

गत साउन ६ गते औपचारिक रुपमा लकडाउनको अन्त्य भयो। सरकारले लकडाउनको औपचारिक अन्त्य गरेपछि कार्यलयमा काम गर्नेहरु काठमाडौं फर्किन थाले।

‘कोठामा खानेकुरा पनि केही छैन।’ रिताले सुनाउँदै थिइन्, ‘पैसा पनि छैन काम पनि छैन। बरु गाउँबाट नआएकै भए हुने थियो। अब पुनः घर जाउँ भने पनि साधन छैन।’ सरकारको अनौपचारिक निर्णयको दुःख सर्वसाधारणले भोग्नु परेको उनको गुनासो छ।

लामो समयसम्म लकडाउनले प्रभाव पारेको नागरिकलाई सरकारले कोरोनाको उच्च जोखिम न्युनिकरण गर्न लागू गरेको निषेधाज्ञाले थप प्रभाव पारेको छ।

भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा भदौ १० गतेसम्म भनिएको छ। तर, संक्रमितको दर नघटेकाले निषेधाज्ञाको अन्त्य गर्नु उचित नहुने विज्ञहरुले बताएका छ्न। यता नागरिकले भने जीविकापार्जन गर्न कठिन परेकाले निषेधाज्ञा खुलाउन आह्वान गरेका छ्न।

रविभवन आसपासमा कपडा व्यापार गर्ने मिना परियारले गुनासो गरिन्। ‘पसलको र कोठाको गरेर ६० हजार भन्दामाथि मासिक भाडा तिर्नुपर्छ। बाकी खाने के? दुईवटा बाबू छ्न कसरि गुजारा चलाउने, सधै बन्द गरेर जनतालाई मर्न छोडिदिने?’

निषेधाज्ञा लागु गरेपनी कोरोना संक्रमितको दर घटेको पाइदैन। शनिवारमात्रै उपत्यकामा २ सय १६ कोरोना संक्रमित देखिएको थियो भने मुलुकभर ६ सय ३४ कोरोना संक्रमित फेला परेका छन भने ९ जनाको मृत्यु भएको छ।

लामो समयसम्म कोरोनाको कहरका कारण सकसका साथ गुजारा चलाएका नागरिक अब रोग लाग्छ भन्ने डरले अस्थव्यस्त पार्न नसकिने बताउछन्।
कुपोन्डोलमा मकै व्यापार गर्ने फुटफाथ व्यापारी चमेली तिमल्सिनाको पनि दुखेसो उस्तै छ। उनले भनिन् ‘अब अति भयो सकिँदैन। मरिन्छ भन्ने डर छैन रोगबाट मरिएपनी भोकले नछोड्ने भयो।’

नागरिक अत्याधिक सचेत नभएकाले यो अवस्था व्यहोर्नु परेको भन्दै जनस्वास्थ्यविद रविन्द्र समीर भन्छ्न। ‘जनतालाई कठिनाइ भएको कुरा स्विकार गर्नुपर्छ। त्यसो भन्दैमा जथाभावी छोड्नु चाहिँ गलत हुनेछ। सरकारले केही योजनाबद्ध तरिकाले कोरोना न्युनिकरणको उपाय अपनाउन आवस्यक छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *