काठमाडौं महानगरमा कोरोना संक्रमितको संख्या १६ सय पुग्यो, कुन वडामा कति?
काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रमामात्र कोरोना संक्रमितको संख्या १६ सय पुगेको छ। महानगरपालिका स्रोतका अनुसार शनिबारसम्म काठमाडौं महानगरपालिकामा १ हजार ६ सय ६ जना संक्रमित भएका छन्। आइतबार पनि संक्रमितको संख्या थपिएको छ। तर, आइतबार थपिएको संख्या महानगरमा नपुगेकाले सो संख्या यहाँ उल्लेख गरिएको छैन।
महानगरपालिका अनुसार सबैभन्दा धेरै वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा संक्रमित छन्। त्यहाँ १३२ जना संक्रमित भएको पुष्टि भएको छ। यस्तै दोस्रो स्थानमा वडा नम्बर ३ को महाराजगञ्ज क्षेत्र रहेको छ। यहाँ ११९ जना संक्रमित भएको महानगरपालिकाले जनाएको छ।
यस्तै वडा नम्बर १४ कलंकी क्षेत्रमा ९४ जना संक्रमित छन्। सबैभन्दा कम वडा नम्बर १८ को नरदेवीमा र वडा नम्बर २० को भीमसेनस्थानमा २–२ जना संक्रमित छन्। यस्तै महानगरमा हालसम्म पहिचान नखुलेका २२८ जना संक्रमित रहेका छन्।
महानगरमा हालसम्म ८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।
Facebook Comment