कोरोनाविरुद्ध प्रयोग गर्न सकिने आयुर्वेदिक औषधि यी हुन्, कसरी गर्ने प्रयोग?

डिसी नेपाल
८ भदौ २०७७ २०:०२

काठमाडौं। नेपालमा कोरोना महामारीको संक्रमण दिनप्रति दिन बढ्दो छ। विश्वलाई नै आक्रान्त बनाएको कोरोनाको औषधि हालसम्म पत्ता लाग्न नसक्नु नै यो रोगविरुद्धको सबैभन्दा चुनौतिपूर्ण लडाईँ हो। औषधि पत्ता नलागे पनि केही आयुर्वेदिक औषधि छन् जसले कोरोनाविरुद्धको लडाईँमा सहयो गर्छ।
आयुर्वेदिक चिकित्सालय नरदेवीले कोरोनाविरुद्ध प्रयोग गर्न सकिने केही आयुर्वेदिक औषधि सिफारिस गरेको छ। उसले चिकित्सकको सल्लाहामात्र यी आयुर्वेदिक औषधिको प्रयो गर्न भनेको छ।

१ जेष्ठवासादि चुर्ण (५भाग)

२ गुडुची चुर्ण (३ भाग)

३ यष्ठिमधु चुर्ण (१ भाग)

जेष्ठवासादि चुर्ण राणाकालीन समयदेखि कास रोगाधिकारमा सिंह दरवार वैध्यखानाले तरकिव प्रयोग गरी बनाउँदै आएको र नरदेवी आयुर्वेद चिकित्सालले नियमित रुपमा बनाइ वितरण गर्दै आएको छ ।

यो मिश्रणलाई १ लीटर पानिमा ५ चम्चा औषधि राखि ७–८ मिनेटसम्म पकाउने, यसरी बनेको काढालाइ एकपल्टमा एक गिलास दैनिक ३ पटक सेवन गर्ने। यसलाइ तातो अवस्थामा नै सेवन गर्नुपर्छ। सेलाएको काढालाइ पुनः तताउन पनि सकिन्छ।

यो मिश्रणमा असुरो, तालिसपत्र, पर्पटक, प्रियंगु, नागकेशर, जातिफल, ल्वाङ, सुकुमेल, दालचिनी, वंशलोचन, गुर्जो, जेठिमधु जस्ता जडिबुटी रहेका छन्। जसमा भाइरसजनित रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, पेट दुख्ने, अरुचि, गन्धनाश हुने, आदि लक्षणलाइ निर्मुल पार्ने सक्रिय तत्वहरु रहेको वैज्ञानिक अनुसन्धानमा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *