काठमाडौं उपत्यकामा एकहप्ता निषेधाज्ञा थप्न प्रस्ताव

डिसी नेपाल
९ भदौ २०७७ १८:४०

काठमाडौं। कोरोना महामारी नियन्त्रधणका लागि यसअघि जारी गरिएको निषेधाज्ञा थप ७ दिनसम्म लागू गर्न प्रस्ताव गरिएको छ। मंगलबार उपत्यकामा तीवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र मेयरहरुबीचको छलफलमा थप सात दिन निषेधाज्ञा थप्ने प्रस्ताव गरिएको हो।

छलफल जारी रहेको र निर्णय भने भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

यसअघि भदौ ३ गते जारी गरिएको १० दिने निषेधाज्ञा बुधबार सकिँदैछ। त्यसैले निषेधाज्ञा थप्ने बारे मंगलबार नै निर्णय हुनेछ। गृहमन्त्रीसँग छलफलपछि निर्णय हुने स्रोतले बतायो।

तर, गृहमन्त्री रामबहादुर थापा मन्त्रिपरिषदको बैठकमा रहेकाले यो विषयमा यतिबेलासम्म छलफल भने हुन सकेको छैन। सरकारले उपत्यकामा निषेधाज्ञा गर्नेबारे गृहमन्त्रालयलाई समन्वय गर्न यसअघि नै निर्णय गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *