कोरोनाले छेकेन यादवको कर्मलाई
मोरङ। यतिबेला कोरोना भाइरस महामारीले विश्व नै तहस नहस पारेको छ। यस बिषम परिस्थितिमा विश्वभरका धेरै मानिसहरुले रोजगारी गुमाएका छन्। कतिको आफ्नै व्यवसाय पनि डुबेको छ। नेपालमा पनि रोजगारीका शिलशिलामा बिदेशिएका धेरै युवाहरु कोरोनाका कारण समस्यामा परेपछि फर्कने क्रम जारी छ। देशमै काम गरेर खाने वर्गहरुपनि यतिबेला समस्यामा छन्। कतिको बैँकको ऋण र किस्ता तिर्न समस्या छ भने कतिको व्यवसाय नै चौपट भएको छ।
कोरोना महामारी नै नहुँदा पनि नेपालमा अधिकांश युवाहरुको रोजगार थिएन। पढेकाहरु सबैले रोजगार पाउँदैनन्। आफ्नै खेतबारीमा कर्म गर्न लाज लाग्ने परिपाटी नेपाली युवाहरुमा रहेको छ। केही गरौँ भन्नेहरुको पनि हालको कोरोनाले अवस्था भयावह बनाइ दिएको छ। तर एकजना यस्ता युवा छन जसलाई कोरोना र बन्दाबन्दीले कुनै असर गरेन।
उनी सँधै आफ्नो कर्ममा लागिरहे। २२ बर्षका युवा जसले लकडाउन र निषेधआज्ञाको समयमा पनि निरन्तर मानिसहरुको सेवा पनि गर।े उनको आम्दानी पजि उत्तिकै भइरह्यो। उनले नेपाली युवा जमातमा गरे के हुन्न भन्ने उदाहण दिएका छन्। उनी हुन् मोरङ जिल्ला बेलबारी ६ का गंगाराज यादव। यादव दुग्ध व्यवसाय गर्छन्।
उनको आफ्नै गाई फारम पनि छ। आफ्नो र गाउँभरीबाट दुध जम्मा पारेर बिराटनगरमा लगेर बेच्छन्। बिहान सबेरै उठेर उनी आफ्ना गाई दुन्छन् र दुध जम्मा पार्न जान्छन्। त्यसपछि दुध बिराटनगर लिएर जान्छन्। अधिकांश ग्राहकको घरघरमा पुर्याइदिन्छन् र बाँकी रहेको दुध आफन्तको डेरीमा नै छाडेर आउँछन उनी। फर्किँदा आफना गाईलाई दाना र चोकर लिएर आउँछन्।
घरमा आएर उनको दिन पनि गाईको स्याहार गर्दै बित्छ। यसरी गाईको स्याहार र दुधको ब्यापार गरेर बसेका यादवले नपढेका भने होइनन्। उनले आइटी बिषयमा डिप्लोमा गरेका छन् भने ब्यवस्थापनमा कक्षा १२ सम्मको अध्ययन पूरा गरेका छन्। स्नातकसम्म पढेर अधिकृत बन्ने सपना बोकेका उनलाई १२ पढिसकेपछि परिवारले उनलाई बिदेश जान पनि कर गरेका थिए।
तर उनले देशमै केही गर्छु भनेर सुरुमा एउटा सेकेन्ड ह्यान्ड मोटरसाईकल किनेर गाउँ भरिको दुध जम्मा पारेर बेच्न थालेका थिए। हालको बिषम परिस्थिथिमा पनि निरन्तर काम गरिरहेका छन् उनी। यसरी कर्म गर्ने उनको आम्दानी कुनै अधिकृतको भन्दा कम छैन। अधिकृत बन्ने सपना बोकेका उनी किसान बनेकामा पनि निकै खुसी छन्। उनलाई धेरै मान्छेले नचिने पनि सेवा भने अधिकृतले जति नै गरेका छन्।
उनलाई सबैले दुधवाला भनेर चिनिन्छन्। ‘२०/ २२ बर्षको उमेरमा खाडीमा गएर अरुको दुख गर्नुभन्दा गाउँमै गाई पाल्छु ,दुध बेच्छु भनेर सुरु गरेको रामै्र आम्दानी भयो खुसी नै छु,’ उनले भने, ‘गाउँमा कृषकको दुधलाई लिटरको ५० रुपैयाँ हालेर लिन्छु र बिराटनगरमा लगेर ७० रुपैयाँमा घरघरमै पुर्याइदिन्छु।’
ग्राहकहरु पनि ७० रुपैयाँमा गाउको शद्ध दुध खान पाएकामा मख्ख छन् भने किसानहरु पनि दुधको उचित भाउ पाएपछि सन्तुष्ट छन्। दैनिक आफनो सहित २०० लिटरभन्दा बढी दुध हुन्छ, खर्च कटौती गरेर दैनि ३००० रुपैैयाँ कमाई हुने गरेको उनले बताए।
यसरी भएको कमाईबाट उनले गाईको सङ्ख्या बढाउदै लगेका छन्। अब उनलाई अझै ठूलो फारम बनाउने इच्छा रहेको छ। लकडाउनको समयमा पनि निरन्तर कर्म गरीरहेका उनलाई कसैले छेकेन तर केही दिन चाहिँ आफैलाई कोरोनाको डर लागेर दुध गाउमा सित्तैमा बाँडे। तर, बजारका ग्राहकले बोलाएपछि फेरि बिराटनगरै लगेर बेच्छन्।
Facebook Comment