मोरङको लक्ष्मीमार्गमा आफन्त बालकहरु प्रयोग गरेर १६ बर्षीया बालिका करणी

डिसी नेपाल
१२ भदौ २०७७ १३:०४

मोरङ । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा १६ बर्षीया बालिका करणी भएकी छन्।

गत मंगलबार दिउँसो तिन जना बालकहरुसँग जङगलमा निगुरो टिप्न गएका बेला बालिकालाई करणी भएको कुरा भने बालकहरु आफैंले हाँसठठ्टा गर्दै सार्वजानिक गरेपछि खुलेको हो।

बालिकामाथि चिनजानकै ४० वर्षीय होम तामाङले समेत जङगलमा करणी गरेको आरोप लागेको छ । बालिकाले जंगलमा निगुरो टिप्न छिमेकमै रहेका नातामा आफन्त पर्ने ११, १२ र १३ वर्षका भाईहरुलाई लिएर गएकी थिइन।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार उनीहरुसँगै रहेका बालकहरुले हाँसठठ्ठा गरिरहेका बेला तामाङ पनि त्यहाँ पुगेका थिए । त्यतिकैमा बालकहरुलाई त्रास देखाएर करणी गर्न लगाएको प्रारम्भीक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले डिसी नेपाललाई बताए।

मानिसको आवतजावत कम हुने एकान्त जंगलमा तामाङले बालकहरुलार्ई त्रास देखाएर करणी गर्न लगाएका र पछि आफैं पनि बालिकालाई करणी गरेको कुरा घर फर्किएपछि बालकहरुले सुनाएका थिए।

घटनाका बारेमा थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन । प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिसकेको छ । ढकालका अनुसार आफूहरुलाई दिदीमाथि जबरजस्ती बलात्कार गर्न बाध्य पारेको बालकहरुले बताएका छन।

घटना सार्वजानिक भएपछि संलग्न तामाङ फरार रहेका छन । उनको खोजी कार्य भईरहेको र थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *