कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु
बुटवल। लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको आज बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उनका अनुसार उनलाई यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनलाई उच्च रक्तचाप रहेकाले अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर शुरुदेखि नै भेन्टिलेटरमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको जनाइएको छ।
यससँंगै कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये २४ घण्टाभित्र तीन जनाको मृत्यु भएको छ। यसअघि बुधबार राति कपिलवस्तुका पुरुषको र बिहीबार बिहान तिलोत्तमा नगरपालिका –२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने आठ जना पुगेका छन्।
Facebook Comment