संकटका बेला व्यवसायीको मनलाग्दी मूल्य, उपभोक्ता मारमा

डिसी नेपाल
१२ भदौ २०७७ १३:४७

काठमाडौं । शुक्रवार बिहान ८ बजे कलंकी स्थित तरकारी पसलमा उपभोक्त र बिक्रेताबीच चर्काचर्की चलिरहेको थियो। ‘यहाँको त्यहाँ १ किलोमा ४० रुपैयाँ अन्तर कसरी हुन्छ ? तपाईंको फर्सी फिर्ता लिनुहोस्।’

क्यार्मिज कलेज आसपास बन्दै आएकी सीता अधिकारीले तरकारी व्यापारीलाई फर्सी फिर्ता गरिन्। अधिकारीले फर्सी १०० रुपैयाँ किलो लगेकी रहेछिन तर अर्को पसलमा ६० रुपैयाँ मूल्य रहेछ।

‘यहाँबाट १०० रुपैयाँ फर्सी लगेको उता ६० रुपयाँ केजी रहेछ’, उनले भनिन्, ‘दुई पाइलाको फरकमा तरकारीको मूल्यमा अन्तर आलु पनि यता ढकको ४०० रुपैयाँ छ, त्यो पसलमा ३६० हामी उपभोक्ता कति ढगिने?’

कोरोनाले पारेको प्रभावका कारण उपत्यकासहित मुलुकभरका नागरिकलाई रोजिरोटी टार्न कठिन भएको समाचार बाहिरिरहेका छ्न्। यता व्यापारीले भने मनलाग्दी गर्न छोडेका छैनन्। मौकामा चौका हान्नुपर्छ भन्ने सोचमा व्यापारी भएको देखिन्छ।

नेपालमा आउने हरेक विपत्तिमा व्यापारीहरुले ठगी गरेका समाचारहरु आउने गरेका छन्। कोरोनाको महामारीमा पनि व्यापारीहरुले गरेका कालोबजारीका समाचारहरु नआएका भने होइनन्। कलंकीमा भएको यो घटना प्रतिनिधि घटना मात्र हो।

‘व्यापारीहरुको ज्यादै मनलाग्दी छ,’ कंलकी कै ६० वर्षीया एक वृद्धाले भनिन्, ‘व्यापारमा ज्यादै मनलाग्दी भयो, हिजो एक पसलबाट १०० रुपैयाँ केजी काँक्रो लगेको मेरो घर सामुन्नेको पसलमा सोही काक्रो ५० रुपैयाँ केजी रहेछ।’

उपत्यकामा मात्रै होइन मुलुकभर कोरोनाको महामारीमा उपभोक्ता मारमा परेका छ्न। हेटौंडाकी मनिषा श्रेष्ठको गुनासो उस्तै छ। उनले भनिन्, ‘काठमाडौंमा टामाटर ११० रुपैयाँ किलो छ भन्छ्न यता १६० छ हामीलाई कति ढग्छ्न।’ फर्सी विक्रेता धादिङका व्यापारी फर्सीलाई आफ्नै ८० रुपैयाँ किलो परेकाले सस्तो बेच्न नसकेको बताउँछ्न्।

उनले भने ‘हामीलाई पनि सस्तो आउँदैन,उता पसलको ले कसरी सस्तो ल्याए बुझेको छैन।’ कोरोनाको महामारीले सबै क्षेत्र ठप्प छ्न्। कमाइ नभएकाले बिहान बेलुका कसरी छाक टार्ने भन्ने चिन्ताले सर्वसाधारणलाई सताउन थालेको छ।

तर व्यापारव्यवसायमा देखिएको यस्ता गतिविधिले सर्वसाधारणलाई थेगी नसक्नु भएको भन्दै सम्बन्धी निकायलाई विशेष ध्यान दिन उपभोक्ताले आग्रह गरेका छ्न्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *