चौबिस घण्टामा कुन जिल्लामा कति सङ्क्रमित थपिए

डिसी नेपाल
१२ भदौ २०७७ १९:०१

काठमाडौं । शुक्रबार नेपालमा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाम, उदयपुर र ओखलढुंगामा एक एका, झापामा १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१ तथा सोलुखुम्बुमा एक जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यस्तै प्रदेश २ को धुनषामा २०, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ तथा सिरहामा १२ कोरोना सङ्क्रमित थपिएका छन् । बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेपलाञ्चोकमा १७, चितवनमा २६, धादिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा २ जना सङ्क्रमित थपिएका छन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ११, लमजुङमा २ र बागलुङमा एक कोरोना सङक्रमित भेटिएको प्रवक्ता गौतमले बताउनुभयो । यस्तै प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियामा २, बाँकेमा ३६ तथा रुपन्देहीमा ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३ तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा ११ र डोटीमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *