माधव घिमिरे एउटा विश्वविद्यालय
राष्ट्रकवि माधवप्रसाद घिमिरे हाम्रो माझ हुनुहुन्न। तर, उहाँको भौतिक शरीर हाम्रो माझ नभएपनि एउटा सिंगो इतिहास हाम्रो माझमा छ। राष्ट्रकविसँग घुलमिल र नजिक हुन पाउनु मेरो सौभाग्य थियो।
मलाइ उहाँले व्यक्तिगत रुपमा धेरै माया गर्नुहुथ्यो। मेरो मुखले यो कुरा भन्न कति उपयुक्त हुन्छ थाहा छैन तर उहाँले म मरेपछिपनि मैले जुन धारमा लेखिरहेको छु त्यो धार बलियो बनाउने तपाईँको काम हो भन्नु हुथ्यो। त्यो कुराले मलाइ बिझाइरहन्छ।
नेपाली साहित्यमा अजस्र प्रतिभा देवकोटामै थियो। त्यो ज्ञानको गहिराइलाई अथवा लेखको कलात्मक हिसावले राष्ट्रकवि उच्चकोटिका मान्छे हुनुहुन्थ्यो। लेख्ने कुरा पनि दुईटा हुन्छ। एउटा के लेख्ने र अर्को कसरी लेख्ने। त्यसलाई कसरी सुललित बनाएर लेख्ने भन्ने कुरा महत्वपूर्ण कुरा हो।
राष्ट्रकवि घिमिरे नेपाली साहित्यको कलात्मक लेखनका उच्चतम धुरी हुनुहुन्छ। घिमिरेले थोरै लेख्नु भयो। साना आकारका लेख्नु भयो तर उत्कृष्ट र पूर्ण लेख्नु भयो। उहाँले भन्नु हुथ्यो, ‘एउटै सानो सरल कृतिमा सम्पूर्ण संसार देऊ।’
सानो होस सरल होस र त्यसमापूर्ण संसार भेटियोस भन्ने उहाँको भनाइ हो। आफ्नो अनुभूति र अभ्यासलाई उहाँले सानो लेख्नु भयो सरल लेख्नु भयो र सम्पूर्ण संसार अट्ने गरी लेख्नु भयो। नेपाली साहित्यमा कलाको लेखनका हिसावले मैले उहाँलाई नेपाली साहित्यको उच्च धुरी मान्दछु।
२०४३ सालमा पहिलोपटक संस्कृत छात्रवास तीनधारा काठमाडौंमा भएको एउटा साहित्यक कार्यक्रममा भेटेको थिएँ। म विद्यार्थी थिए“। म पढ्थेँ,कविताहरु लेख्थे। सुन्थें, सुनाउँथें। उहाँ प्रमुख अथिति भएर आउनु भएको थियो। मैले छन्दमा लेखेको कविता सुनाएको थिएँ।
उहाँले कविता मन पराउनु भयो। त्यहीँ मलाइ बोलाएर कुरा गर्नु भयो। जाने बेलापनि ढोकामा भेटेर तिम्रो कविता एकदमै राम्रो छ। उच्चकलात्मक छ। तिमी कविता निरन्तर लेख राम्रोसँग लेख भनेर जानु भयो।
माधव घिमिरे विश्वविद्यालय नै हो। कविताको विश्वविद्यालय, काव्यको विश्वविद्यालय नै हुनुहुन्छ। उहाँ एउटा व्यक्तिमात्र हैन उहाँ विश्वविद्यालय नै हो। आफ्नो बासुरी आफ्नै धुनजस्ता निवन्ध पढ्यौं भने। अत्यन्त रसिक अत्यन्त स्वाभाविक, सबैसँग मिल्न सक्ने सबैसँग खुल्न सक्ने सबैलाई माया गर्ने पछिल्लो पुस्तकालाई पनि मित्रवत कुरा गर्ने सबै किसिमको मान्छेसँग फिट हुनु हुथ्यो उहांँ। छोरा, छोरी,नाति,नातिनाजस्तो व्यवहार गर्नु हुथ्यो। उहाँले उमेर अनुसारको कुरा जहिलै गरिदिनु भएको थियो।
त्यो भीडमा मलाइ याद गरेर मेरो कविताको टिप्पणी गरेर मलाइ उत्प्रेरित गर्नु भएको थियो। शिरमा हात राखेर ढाडमा थपथप्याएर भविश्यको नेपाली कवितामा केही गर्न सक्छौं आज मैले राम्रो प्रतिभा भेटेँ बधाइ तथा शुभकामना छ भनेर जानु भयो।
पहिलो भेटबाट नै म उहाँको आखामा परेँ, कवितामा जम्दै आएँ। उहाँसँगपनि भेट हुनथाल्यो। भेटले निरन्तरा पायो। म कहिलेकाहीँ उहाँको घरमा पनि जान्थे। बाटो पर्दा पनि घरमा पसेर फर्कन्थेँ। धेरै साथीहरुले उहाँलाई भेट गराइदिनु पर्यो भन्नु भयो, धेरैलाई भेटाइ दिने पुलको काम पनि गरेँ। कविजी तपाईँ कता हो नआउनु भएको धेरै भयो नि भनेर बोलाउनु हुथ्यो। म जान्थेँ।
मेरो पहिलो कविता संग्रह ‘पाइलै पिच्छे सगरमाथा’ प्रकाशन पूर्व उहाँलाइ नै सुनाएको थिएँ। भूमिका लेखिदिनु भएको छ। धरा महाकाव्यमा पनि भूमिका लेखि दिनु भएको छ। अन्तिम पटक चैत १६ गते उहाँसँग संवाद गरेको दिएँ। मैले रेकर्ड गरेर बजाएँ। उहाँले लकडाउनको पूर्ण पालना गर्नुहोस् भनेर सबैलाई सुझाव दिनु भएको थियो।
दोस्रो विश्व युद्धपछिको भयानक परिस्थिति अहिले विश्वले सामना गर्दैछ। दोस्रो विश्वयुद्धपछिको ठूलो तनाव हो यो। यसबाट जोगिनु पर्छ। उहाँले लेखेको असोधामा खण्डकाव्यका हरफहरु सुनाइदिनुस् फेरि एकपटक पढिदिनुस् भन्नु भएको थियो। उहाँको आवाज मसँग अझै सुरक्षित छ।
कण्ठ भएका पंक्तिहरु सुनाउँदा उहाँ खुसी हुनुहुथ्यो। मैले मेरा पनि सुनाउँथे। कविता कस्तो लेखिएको छ। कस्तौ लेख्दै छन् भन्नु हुथ्यो। मेरो कार्यक्रम मधुवनको बारेमा धेरै प्रशंसा गर्नु भयो र भन्नु भयो नामपनि मधुवन कामपनि मधुवन। मैंले उहाँको आवाज रेकर्ड गरे। अधिले पनि कार्यक्रमको प्रोमोमा यही बजाउँछु।
धरा महाकाव्यमा पनि उहाँले एक पंक्ति लेख्नु भएको छ। मैले मेरै मुखबाट भन्दा आफ्नै बारेमा बोलेको झैं होला आफ्नै प्रशंसा गरिएको झैं सुनिएला कि भन्ने डर तर धरामा के लेख्नु भएको छ भने ‘नवराज लम्सालले रेडियो नेपाल र बीबीसीमा रहेर प्रशारणका माध्यामले नेपाली कविताको प्रचार प्रसारका लागि, नेपाली साहित्यको स्तरीकरण गर्नका लागि जुन मेहेनत गरेकोे छ त्यो काम आफंैमा एउटा महाकाव्य भन्दा माथि छ। उनले महाकाव्य लेख्छन् त्यो योगदान आफ्नो ठाउँमा छँदैछ तर उनले गरेको काम आफैंमा पनि महाकाव्य जस्तो छ।’
अन्तरमुखी भएर लेख। भोलिसम्म बाँच्ने कृति लेख भन्ने सम्झाउने उत्प्रेरित गर्ने। जोस र जाँगर भरिदिने गर्नुहुथ्यो। मलाइ त नेपाली साहित्यले एउटा अविभावकत्व गुमाएको महशुस भएको छ। पछिल्लो पुस्ताका धेरैलाई उहाँले उत्पे्ररणा हौसला दिनु भएको छ। पछिल्लो समयका केही कविकवियत्रीले निकालेको कितावमा उहाँले आफ्नोतर्फबाट गर्नु पर्ने काम गरिदिनु भएको छ। सरलताका प्रतिमूर्ति जस्तो हुनुभयो, कहिलै ठूलो हुनु भएन उहाँ।
कविता के हो? कविताको गम्भीरता के हो? साहित्यका अरु विधा भन्दा कविता के कारणले फरक छ? के भयो भने कविता हुन्छ? के भयो भने कविता कालजयी हुन्छ? कविता बुढो नहुन, असान्दर्भिक नहुन र भोलि पनि बाँच्नको लागि के गर्नु पर्छ भन्ने कुरामा मैले उहाँबाट धेरै शिक्षा लिएको छु।
उहाँ एकदमै रमाइलो मानिस पनि हुनुहुथ्यो। रसिक, कवितालाई पनि रसपूर्ण तरिकाले सुन्ने र रसपूर्ण तरिकाले विश्लेषण गर्ने गर्नुहुन्थ्यो। उहाँलाई मनपर्ने कविहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, कालि दास थिए।
माधव घिमिरे विश्वविद्यालय नै हो। कविताको विश्वविद्यालय, काव्यको विश्वविद्यालय नै हुनुहुन्छ। उहाँ एउटा व्यक्तिमात्र हैन उहाँ विश्वविद्यालय नै हो। आफ्नो बासुरी आफ्नै धुनजस्ता निवन्ध पढ्यौं भने। अत्यन्त रसिक अत्यन्त स्वाभाविक, सबैसँग मिल्न सक्ने सबैसँग खुल्न सक्ने सबैलाई माया गर्ने पछिल्लो पुस्तकालाई पनि मित्रवत कुरा गर्ने सबै किसिमको मान्छेसँग फिट हुनु हुथ्यो उहांँ। छोरा, छोरी,नाति,नातिनाजस्तो व्यवहार गर्नु हुथ्यो। उहाँले उमेर अनुसारको कुरा जहिलै गरिदिनु भएको थियो।
मेरो उमेर र मैले बोल्दा अलिबढी आदर्श जस्तो सुनिएला। साँचो साहित्यकार हुन गाह्रो छ। जस्तो बोल्छ त्यस्तै लेख्नु पर्छ। जस्तो लेख्छ त्यस्तै व्यवहार गर्नु पर्छ। मान्छेले ठूलाठूला आदर्शका कुरा गर्छन् तर त्यस्तो व्यवहार गर्दैनन्। साहित्यकारले पनि मान्छेलाई नै केन्द्रमा राखेर लेख्ने गर्छन् तर कोही व्यवहारमा लागू गर्दैनन्।
त्यसैले मैले राष्ट्रकविबाट सिकेको कुरा साँचो साहित्यकार बन्ने नै हो। जन्मिँदा रगत मासुको डल्लो जन्मेका हौं। हामीकहाँ कसको घरमा, कसको धर्ममा जन्म लिने हो हाम्रो बसको कुरा थिएन।
देश, सम्प्रदाय, जाति धर्म रीति रिवाज सबै मेरो हो भनेर जानु पर्छ। हामीमान्छे एक हौं। सदभावका साथ काम गर्नुपर्छ। चेतना हामीमा विकसित हुँदै गयो भने हामी कवि हुँदै जान्छौं। चेतना भएन र म यस्तो र उस्तोमा विचार गयो भने म कवि पनि रहन्न र मेरो कविताको दीर्घ जीवन पनि रहँदैन। त्यो चेतना पछिल्लो पुस्तामा जानु पर्छ भन्ने राष्ट्रकविको भाव थियो।
हामीले गाली, गलौज, घृणा, तिक्तता, रिसराग,आवेगलाई मात्र साहित्यमा लेख्छौं, अहिलेका साहित्यिक कितावहरु पढ्नु भयो भने कि गरिवीका बारेमा लेखिएको हुन्छ कि गाली गरेर लेखेको पाउनुहुन्छ। साश्वत कुरा छैन। सास्वत कुरा भनेको प्रेम हो। बाहिरको आवरणले पे्रम हुँदैन। ध्रुवसत्य कुरा प्रेम नै हो। प्रकृया माथि लेख्ने कुरा कहिलै दीर्घजीवी हुँदैन।
देशलाई असाध्यै माया गर्ने मान्छे। संस्कृतिलाई माया गर्ने मान्छे। लोकलय र शास्त्रीय छन्दलाई माया गर्ने, ग्रामीण विम्बहरुलाई प्रयोग गर्ने जनताको गरिवीको जीवनस्तरलाई माया गर्ने पूर्वीय दर्शन र चिन्तनलाई माया गर्ने, देशभक्त, संस्कृतिभक्त र मानवतावादी कविका रुपमा उहाँलाई म चिन्दछु।
साहित्यकार डा. लम्सालसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित
Facebook Comment