बाहिरबाटै भित्र सबैथोक देख्न सकिने पारदर्शी सार्वजनिक शौचालय ! तर स्मार्ट छ

डिसी नेपाल
१३ भदौ २०७७ ९:४८

काठमाडौं। जापानको राजधानी टोक्योमा रहेको पार्को भन्ने ठाउँमा पारदर्शी सार्वजनिक शौचालय बनाइएका छन् । यी शौचालयभित्रको सबै कुरा मानिसहरुले बाहिरबाटै देख्न सक्छन् । यी पारदर्शी सार्वजनिक शौचालय बनाउनुको खास कारण छ । शौचालयमा जान चाहने मानिसहरुले बाहिरबाटै शौचालय सफा छ कि छैन र शौचालयभित्र कुनै मानिस छ कि छैन भन्ने थाहा पाउँछन् । यी शौचायमा खास किसिमका ‘स्मार्ट’ सिसा प्रयोग गरिएको छ ।

सीएनएनको समाचार अनुसार यी शौचालयलाई विश्वप्रसिद्ध क्रिएटिभ आर्किटेक्ट शिगेरु बेनले विकसित गरेका हुन् । शिगेरुलाई विभिन्न बिग्रिएका चीजहरुलाई पुनः प्रशोधन गरेर दोस्रो पटक सुन्दर रुपमा प्रयोग गर्ने कामको लागि पनि चिनिन्छ । यो शौचालयको बारेमा सुन्ने अधिकांश मानिसहरुले यो शौचालय प्रयोग गर्दा बाहिरका मानिसहरुले भित्र भएको मानिसका गतिविधि देख्छन् भन्ने ठान्ने गर्छन् तर त्यसो होइन ।

यो शौचालयभित्र कोही नभएको अवस्थामा मात्र यो शौचालय भित्रका हरेक कुरा बाहिरबाट देख्न सकिन्छ । शौचालयभित्र कोही पसेर भित्रबाट ढोका लक गर्नासाथ यो सीसा बाहिरबाट हेर्नेको लागि अपारदर्शी हुन्छ । रोचक त के भने भित्रबाट लक गरेर बाहिरका मानिसहरुको लागि अपारदर्शी भए पनि यी शौचालयभित्र बस्नेले भने बाहिरका सबै गतिविधिहरु देख्न सक्छन् । यस्तो शौचालयको भित्तामा प्रयोग गरिएको स्मार्ट सिसामा कारण भएको हो ।

यो जापानको ट्वाइलेट परियोजनाको एक अंश हो जसलाई निप्पल फाउण्डेशनले पार्कोमा जडान गरेको छ । यस्ता ट्वाइलेट अहिले योयोयोगी फुकामाची मिनी पार्क र हरु नो ओगावा कम्युनिटी पार्कमा जडान गरिएका छन् । यी ट्वाइलेटलाई मानिसहरुको आवश्यकता अनुरुप तयार गरिएको हो ।

पारदर्शी काँचका भित्ता भएका कारण मानिसहरुले बाहिरैबाट भित्रको दृश्य देख्न सक्नेछन् र सफा छ कि छैन भन्ने निश्चित गर्न सक्नेछन् । एकपटक ट्वाइलेटभित्र प्रवेश गरेर ढोका बन्द गरेपछि भित्ता अपारदर्शी हुनेछन् । टोक्यो ट्वाइलेट प्रोजेक्टको वेबसाइटअनुसार सार्वजनिक शौचालयमा जाँदा मानिसहरुलाई दुई कुराको चिन्ता हुन्छ पहिलो सफा छ कि छैन र दोस्रो भित्र कोही छ कि छैन । यी शौचालयमा महिला पुरुष दुवैको लागि विशेष व्यवस्था गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *