पोखरामा कोरोना सङ्क्रमित ५८ वर्षीय पुरुषको मृत्युु

डिसी नेपाल
१३ भदौ २०७७ १५:१४

पोखरा । पोखरामा थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचारत पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

गत भदौ ७ गते अस्पतालको शल्यक्रिया विभागमा उनको पेटको आकस्मिक शल्यक्रिया गरिएकोे थियो । भोलिपल्ट नमूना सङ्कलन गरिएकामा भदौ १० गते कोरोनाको नतिजा पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो ।

पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म सातजना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

रासस

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *