दुर्घटनामा प्रहरी हबलदारको मृत्यु

डिसी नेपाल
१३ भदौ २०७७ १५:३७
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
को १ प २११५ नम्बरको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकोमा उपचारका लागि विराटनगर लगिएको थियो ।
उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *