उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना पुष्टि, ३१३ जना डिस्चार्ज

डिसी नेपाल
१३ भदौ २०७७ १६:२८

काठमाडौं । शनिबार उपत्यकामा १८६ सहित देशभर ८८४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ८८४ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा १५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जना गरी काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३७ हजार ३४० पुगेको छ।

हालसम्म २० हजार ५५५ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ।

गत २४ घण्टामा ११ हजार ५१६ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ८ हजार ३५ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *