भारतले कोरोनाको चिन्ताजनक विश्वरेकर्ड बनायो, अमेरिकालाई उछिनेर शीर्ष स्थानमा उक्लियो

डिसी नेपाल
१३ भदौ २०७७ २०:०१

काठमाडौं। भारतले कोरोनाभाइरसको नयाँ विश्वरेकर्ड बनाएको छ । यद्यपि यो चिन्ताजनक विश्वरेकर्ड हो र भारतले यो रेकर्ड बनाउन चाहँदैनथ्यो । यद्यपि यो विश्वरेकर्ड बनेको छ र भारतले नचाहँदा–नचाहँदै उसको नाममा यो रेकर्ड लेखिएको छ । २८ अगष्टमा भारतमा कोरोनाभाइरसको नयाँ संक्रमणको ७७ हजार २६६ केस रेकर्ड गरिएका छन् । यो विश्वमा अहिलेसम्मकै एक दिनमा सबैभन्दा धेरै संक्रमणको रेकर्ड हो ।

कोरोनाभाइरस संक्रमणको यो तथ्यांक जोन हप्किन्स युनिभर्सिटी सेन्टर फर सिस्टम साइन्स एण्ड इन्जिनियरिङले सार्वजनिक गरेको हो । यसअघि एक दिनमा सबैभन्दा धेरै संक्रमित भेटिएको रेकर्ड अमेरिकाले बनाएको थियो । अमेरिकामा गएको जुलाइ १६ मा ७७ हजार २५५ केस रेकर्ड गरिएका थिए । त्यसपछि भने अमेरिकामा नयाँ संक्रमणको केसमा लगातार गिरावट आइरहेको छ । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा ६१ लाखभन्दा धेरै संक्रमित भेटिएका छन् । दोस्रो स्थानको ब्राजिलमा ३८ लाख केस रेकर्ड गरिएका छन् भने तेस्रो स्थानको भारतमा केस ३५ लाख पुग्न लागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *